Hotline Khabar | News Website मंगल ग्रहमा पठाइयो झन्डै दुई केजीको हेलिकप्टर – Hotline Khabar
Shivangi

मंगल ग्रहमा पठाइयो झन्डै दुई केजीको हेलिकप्टर

  • हटलाइनखबर
  • २७ श्रावण, २०७७ मा प्रकाशित

अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगल ग्रहको प्राचीन इतिहास अध्ययन गर्नका लागि पर्सिभरेन्स रोभरसँगै एउटा हेलिकप्टर पनि त्यसतर्फ पठाएको छ ।

एक केजी ८ सय ग्रामको यो हेलिकप्टर तयार गर्नका लागि नासाले ८५ मिलियन अमेरिकी डलर खर्च गरेको छ । यो रकम करिक ११ अर्ब १७ करोड नेपाली रुपैयाँ हुन आउँछ ।

ठूलो धनराशी खर्च गरेर नासाले तयार गरेको यो हेलिकप्टरको नाम ुइन्ज्युनिटीु दिइएको छ । नासाको यो मिसन सफल भए इन्ज्युनिटी पृथ्वी बाहेक अन्य ग्रहमा उड्ने पहिलो मानवनिर्मित यान हुनेछ ।

नासाको ुमार्स २०२० पर्सिभरेन्स रोभरु मिसनका अन्तर्गतकै ुइन्ज्युनिटी मिसनुले मंगल ग्रहको पातलो वायुमण्डलमा आफ्नो पहिलो उडान भर्दै इतिहास रच्‍ने नासाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नासाको जेट प्रपोल्सन ल्याबोरेटरीमा निर्माण गरिएको यो हेलिकप्टरको ुटेस्ट फ्लाइटु भने सफल भएको छ । कार्बन फाइबरका ४ वटा ब्लेड रहेका यो हेलिकप्टरको पंखा साधारण हेलिकप्टभन्दा धेरै बढीले घुम्ने नासाले जनाएको छ ।

मंगल ग्रहमा पर्सभरेन्स रोभर अवतरण भएपछि यो हेलिकप्टर पनि रोभरबाट सफ्ट ल्यान्डिङ गरेर मंगल ग्रहको सतहलाई छुनेछ । अल्बना राज्यको एक हाइ स्कुलकी विद्यार्थीले यो हेलिकप्टरको नाम दिएकी हुन् ।

मंगल ग्रहमा यो हेलिकप्टरले अधिकतम् १५ मिनेट सयर गर्नेछ । यसले ५ वटा पावर फ्लाइट गर्ने नासाले जनाएको छ । प्रत्येक फ्लाइट ३ मिनेट अवधिको हुनेछ । भविष्यको मंगल ग्रहको अध्ययनका लागि र अन्य रोबटिक उडान हुने वस्तुहरु निर्माण गर्नका लागि य इन्ज्युनिटी मिसनले सहयोग गर्ने नासाले जनाएको छ ।

यो हेलिकप्टरमा दुई वटा क्यामेरा बाहेक अन्य उपकरणहरु छैनन् । गणतीय ुअल्गोरिदमुहरु भएकाले यो हेलिकप्टरले मार्समा आफैं उड्ने र अवतरण गर्नेछ । सौर्य ऊर्जाबाट अटोमेटिक रुपमा चार्ज हुने यो यानले रोभर र फ्लाइट ओपरेटरहरसँग सञ्चार गरेर पृथ्वीमा तथ्यांक पठाउने नासाले बताएको छ । मार्सको पातलो वायुमण्डलमा उड्नुपर्ने चुनौती भएकाले ुइन्ज्‍युनिटीु केहि चुनौती भने रहने जेट प्रपोल्सन ल्याबोरेटरीले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
विसं २०७८ मा पञ्चाङ्ग निर्णायक समितिकै आधिकारिक पात्रो आउने
2 months ago

विसं २०७८ मा पञ्चाङ्ग निर्णायक समितिकै आधिकारिक पात्रो आउने

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आगामी वर्ष विसं २०७८ देखि संस्थागतरूपमा पहिलोपटक आधिकारिक पात्रो (पञ्चाङ्ग) प्रकाशन गर्ने भएको छ । समितिले…

आइतबार बिहान भूकम्प गयो
1 year ago

आइतबार बिहान भूकम्प गयो

बाग्लुङ र रोल्पाको सीमाना केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

भारतको चन्द्रयान–२ असफल भएपछि नासाले गर्‍यो तस्बीर सार्वजनिक
1 year ago

भारतको चन्द्रयान–२ असफल भएपछि नासाले गर्‍यो तस्बीर सार्वजनिक

गत जुलाई २२ तारिखमा भारतले सफलतापूर्वक चन्द्रयान–२ अभियान अन्तर्गत अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो । विक्रम ल्यान्डर नाम दिइएको उक्त…

Below News 2