Hotline Khabar | News Website रुसले बनाएको कोरोना भ्याक्सिनबारे डब्लुएचओ अनभिज्ञ – Hotline Khabar

रुसले बनाएको कोरोना भ्याक्सिनबारे डब्लुएचओ अनभिज्ञ

  • हटलाइनखबर
  • २८ श्रावण, २०७७ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले रुसले तयार गरेको भनिएको कोरोना भ्याक्सिनबारे आफूलाई जानकारी नभएको बताएको छ।

भ्याक्सिनबारे जानकारी नै नभएकाले त्यसको मूल्यांकन गर्ने कुरै नआउने डब्लुएचओको भनाइ छ।

गत हप्ता डब्लुएचओले रुसलाई कोरोनाको भ्याक्सिन बनाउँदा डब्लुएचओले तयार गरेको अन्तर्राष्ट्रिय मापदण्ड पालन गर्न भनेको थियो।

डब्लुएचओ अन्तर्गतको प्यान–अमेरिकन हेल्थ अर्गनाइजेसनका सहायक निर्देशक जरबास बारबोसाले भने, ‘ब्राजिलले पनि कोरोना भ्याक्सिन उत्पादन सुरु गर्ने भनेको छ। तर, ट्रायल पूरा नगरी उत्पादनमा जान मिल्दैन।’

भ्याक्सिन बनाउने जोकोहीले त्यसको विश्वसनीयतामा ध्यान दिनुपर्ने र डब्लुएचओले त्यसलाई सिफारिस गर्नुपर्ने उनको भनाइ थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
भारतमा २४ घण्टाभित्र भेटिए ९१,७२३ संक्रमित, बिरामीको आँकडा ४२ लाख पार
3 weeks ago

भारतमा २४ घण्टाभित्र भेटिए ९१,७२३ संक्रमित, बिरामीको आँकडा ४२ लाख पार

भारतमा कोरोना बिरामीको आँकडा ४२ लाख पार भइसकेको छ । हालसम्म ४२ लाख २ हजार ५ सय ६२ व्यक्ति संक्रमित…

भारतमा पब्जीसहित ११८ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध
4 weeks ago

भारतमा पब्जीसहित ११८ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध

भारतले चीनले विकास गरेका पब्जीसहित ११८ वटा मोबाइल एप्सलाई प्रतिबन्ध लगाएको छ । बुधबार भारतको इलेक्ट्रोनिक्स तथा सूचना मन्त्रालयले एक…

कोरोनाका कारण हरेक १५ सेकेन्डमा एकको मृत्यु
1 month ago

कोरोनाका कारण हरेक १५ सेकेन्डमा एकको मृत्यु

कोरोनाभाइरसको कहर नेपाललगायत विश्वव्यापी रुपमा बढ्दो क्रममा छ । अझै केही देशमा त नियन्त्रणमा आइसकेको कोरोनाको पुनः दोस्रो लहर देखिएको…

Below News 2