Hotline Khabar | News Website एउटा कालजेयी सपना – Hotline Khabar
Shivangi

एउटा कालजेयी सपना

  • रमेश मल्ल
  • २८ श्रावण, २०७७ मा प्रकाशित
कविता : एउटा कालजेयी सपना
एउटा सपना
त्यो कालजेयी सपना
जसले नवयुगको निमार्ण गर्यो
निद्रामा भएकालाई ब्युँझायो
तन्द्रामा भएकालाई उठायो
बयलगाडा रोज्नेलाई
रेल इन्जिन खोज्न सिकायो
सपना त्यस्तो होस
जसले निदाउन नदेओस
सपना यस्तो होस
बाटो बिराउन नदेओस ।
*
त्यो अजम्बरी सपना
जसले गाउँ, देहात र झुपडी ब्युँझायो
जसले दमित, उत्पिडित र अपहेलीतलाई उठायो
त्यो दावानल बनेर उठ्यो
त्यो महासंग्राम बनेर जुट्यो ।
सपना फुलेको त्यो याममा
धर्ति रातै भयो
पहराहरु बेस्कन गर्जिए
लहराहरु नागवेली झैं लहरिए
नदी, झरणा र हिमनदीहरुले
जनमुक्ति धुन र शोकधुन बजाए
सप्तरंगी इन्द्रधनुष पनि
स्वतन्त्रताका ध्वजा बनेर फहराए ।
*
सपना फलेको यो याम
धर्ति टक्क अडिएको छ
जनजनको विश्वास फक्रेको बखत
कतै मथिंगल खलबलीएको छ
ढल्न दिनु हुदैन सपनाका पर्खाल
धैर्यताको बाँध कस्नुपर्छ
सपनामा आउर्ने प्रेत’हरुलाई
आस्थाको ज्वाला जगाई भगाउनुपर्छ ।
*
यो बखत
सपना फल्नु पर्छ, गल्नु हुदैन
आँधी तुफानको बिचमा पनि
सपना ढल्नु हुदैन
फक्रन, फुल्न र फल्न पर्छ
एउटा युगीन सपना
एउटा अजम्बरी सपना
एउटा कालजेयी सपना ।
***
२८ साउन २०७७, काठमाडौं
फेसबुकबाट तपाईको प्रतिक्रिया
लघुकथा : सत्ताकाे लय
6 months ago

लघुकथा : सत्ताकाे लय

  “मलाई घरकाे न घाटकाे बनाउने ?” “धराेधर्म, कसम म तिमीलाई छाेड् सक्दिन !” दुखकाे बेलामा मेराे प्रेमकाे पत्थर एकाएक…

‘प्रेम दिवस’लाई ‘लभ डायरिज’
8 months ago

‘प्रेम दिवस’लाई ‘लभ डायरिज’

काठमाडौं ।  ‘प्रेम दिवस’ अर्थात ‘भ्यालेन्टाइन डे’को अवसर पारेर प्रेमकथामा बनेको फिल्म ‘लभ डायरिज’ रिलिज भएको छ । फ्राइडे रिलिज…

‘तिम्रो मुटु’ ल्याइन् राधिकाले (भिडिओ)
8 months ago

‘तिम्रो मुटु’ ल्याइन् राधिकाले (भिडिओ)

सञ्चारकर्मी राधिका कँडेलले ‘तिम्रो मुटु’ बोलको गीत रिलिज गरेकी छन्। राधिकाले गाएको गीतमा अश्विन अधिकारीको शब्द तथा संगीत छ। गीतको…

Below News 2