Hotline Khabar | News Website वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका परिमार्जन गरिने – Hotline Khabar
Shivangi

वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका परिमार्जन गरिने

  • रासस
  • ६ भाद्र, २०७७ मा प्रकाशित

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राप्त सुझावका आधारमा वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका–२०७७ लाई परिमार्जन गरिने जनाएका छन् । अनलाइन, रेडियो, टेलिभिजन र अफलाइन शिक्षाका लागि गत जेठ १८ गते सो निर्देशिका जारी गरिएको थियो ।

वैकल्पिक सिकाइबारे मन्त्रालयले आज आयोजना गरेको प्रदेश नं १, २, वाग्मती प्रदेश र प्रदेश नं ५ अन्तर्गतका सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्थानीय तहका शिक्षा शाखा प्रमुख, शिक्षा विकास तथा समन्वय एकाइका प्रमुखसँगको भर्चुअल संवाद कार्यक्रममा मन्त्री पोखरेलले आपत्कालका नाममा बालबालिकाको विकास र सिकाइमा सम्झौता गर्न नसकिने भएकाले सिकाइ निरन्तरता दिन आग्रह गरे।

मन्त्री पोखरेलले पाठ्यक्रमले निर्धारण गरेको समयावधिलाई सङ्कुचनमा ल्याएर भए पनि शैक्षिकसत्रलाई खेर जान नदिइने उल्लेख गर्दै संविधानतः विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय तहको भएकाले यसको व्यवस्थापनमा पनि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
रहिनन नेकपाकी सांसद तथा जनवादी गायिका सानु पहाडी
2 weeks ago

रहिनन नेकपाकी सांसद तथा जनवादी गायिका सानु पहाडी

असोज,२८ लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित प्रतिनिधिसभा सदस्यतथा जनवादी गायिका सानु पहाडीको उपचारका क्रममा काठमाडौंको मेडिकल कलेजमा निधन…

कर्णाली प्रदेशको सचेतकको जिम्मेवारी सांसद कुर्मराज शाहीलाई
2 weeks ago

कर्णाली प्रदेशको सचेतकको जिम्मेवारी सांसद कुर्मराज शाहीलाई

असोज, २७ काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै १८…

कर्णालीमा केपी समूह संकटमा प्रचण्ड र माधव नेपाल समूहबीच नयाँ सहमति
2 weeks ago

कर्णालीमा केपी समूह संकटमा प्रचण्ड र माधव नेपाल समूहबीच नयाँ सहमति

असोज,२७ काठमाडौं । नेकपाको कर्णाली प्रदेशमा देखा परेको विवादमा नयाँ समीकरण निर्माण भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ…

Below News 2