बायर्नलाई छैटौँपटक च्याम्पियन्स लिगको उपाधि
-
एजेन्सी
-
८ भाद्र, २०७७ मा प्रकाशित
प्रतिस्पर्धात्मक खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गर्दै जर्मन क्लब बायर्न म्युनिखले छैटौँ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
पीएसजीकै पूर्वखेलाडी किङ्ग्सले कोमानले ५९ औँ मिनेटमा गरेको एक मात्र गोल नै खेलमा निर्णायक बनेको थियो । जोसुवा किमिचको क्रसमा कोमानले गोल गरेका थिए ।
बायर्नका प्रशिक्षक ह्यान्सी फ्लीकका लागि यो सिजन निकै फलदायी रह्यो । गत नोभेम्बरमा अन्तिम प्रशिक्षकका रुपमा टोलीको नेतृत्व सम्हालेका उनले टोलीलाई च्याम्पियन्स लिगको उपाधि पनि जिताउन सफल भएका छन् ।
पहिलो हाफ प्रतिस्पर्धात्मक रहे पनि दोस्रो हाफमा भने बायर्नले खेलमा नियन्त्रण बनाउँदै छैटौँपटक उपाधिमाथि कब्जा जमायो । बायर्नभन्दा रियल म्याड्रिड (१३ पटक) र एसी मिलान (७ पटक) मात्र अघि रहेको छ ।

फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना सङ्क्रमण
असोज, २८ जुभेन्टस क्लबका अग्रपङ्तिका ३५ वर्षीय फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो सोलेसनमा बसेका छन्। नेसन्स लिग प्रतियोगिता अन्तर्गत अब बुधवारको…

सन्दीप आबद्ध जमैका सिपिएलको सेमिफाइनलमा पुग्यो
काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछानेआबद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी २० क्रिकेटको सेमिफाइनलमा पुगेको छ । आज…

सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङका बावजुद जमैका पराजित
क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् । शनिबार राति भएको खेलमा गुयाना…
फेसबुकबाट तपाईको प्रतिक्रिया