Hotline Khabar | News Website दाङमा रगत अभाव हुन नदिन अनेरास्ववियूले गर्यो आपतकालीन रक्तदान – Hotline Khabar
Shivangi

दाङमा रगत अभाव हुन नदिन अनेरास्ववियूले गर्यो आपतकालीन रक्तदान

  • हटलाइनखबर
  • ११ भाद्र, २०७७ मा प्रकाशित

दाङमा रगत अभाव हुन थालेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट अनेरास्ववियू दाङले ‘आपतकालीन रक्तदान’ कार्यक्रम गरी रक्तदान सम्पन गरेको छ ।

कोरोना संकटका कारण रगत अभाव हुन थालेपछि बिहिबार रक्तसञ्चार केन्द्र घोराहीमा रक्तदान कार्यक्रम गरिएको हो ।

अनेरास्ववियूका जिल्ला संयोजक जंग रोकाको अध्यक्षता र नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्यको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको छ । सो अवसरमा जिल्ला संयोजक रोका, पूर्व जिल्ला अध्यक्षहरु सुमन रोका र बिष्णु चौधरीसहित २३ जनाले रक्तदान गरेका थिए ।

यसरी रक्तदान गर्नेहरुमा भक्तबहादुर पुन, मायाँ आचार्य, चाँदनी आचार्य, गिरबहादुर महरा, शेरबहादुर ओली, रमेश शर्मा, सुशील परियार, खगेन्द्र जीएम, हरिबहादुर भण्डारी, हेमराज देवकोटा, राजकुमार बिक, किशोरकुमार पौडेल, गोविन्दकुमार मल्ल, तुफान जीएम, कल्याण अधिकारी, शक्ति जिसी, कृष्णबहादुर पीएम, यामप्रसाद पाण्डे, लेखराज केसी र सुनिल बुढा सहभागी रहेको अनेरास्ववियूका नेता गिरबहादुर महराले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
आज महानवमी पर्व – बलिसहित दुर्गा भवानीको पूजा गरिँदै
6 days ago

आज महानवमी पर्व – बलिसहित दुर्गा भवानीको पूजा गरिँदै

काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ…

ढोरपाटन बाढीः शवहरु क्षतविक्षत अवस्थामा
2 months ago

ढोरपाटन बाढीः शवहरु क्षतविक्षत अवस्थामा

बागलुङको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते आएको बाढीले ठूलोमात्रामा जनधनको क्षति पुर्याएको छ । रातको समयमा बाढी आउँदा…

बागलुङमा बाढीले बस्ती बगायो, एक दर्जन सम्पर्कबिहीन
2 months ago

बागलुङमा बाढीले बस्ती बगायो, एक दर्जन सम्पर्कबिहीन

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र…

Below News 2