विप्लव समूहकी नेतृ उमा भुजेल रिहाइ लगत्तै फरार
-
हटलाइनखबर
-
१४ भाद्र, २०७७ मा प्रकाशित
सप्तरी । नेत्रविक्रम चन्द ‘विप्लव’समूहका नेता उमा भुजेल र सुमनसिंह पौडेल आज सप्तरीबाट रिहा भएलगत्तै साँझ फरार भएका छन् ।
सर्वोच्च अदालतको आजैको आदेशमा सप्तरी जिल्ला अदालतले सप्तरी जिल्ला बार एशोसिएशनको रोहवरमा उनीहरुलाई रिहा गरे पनि अदालत भवनको पछाडिको ढोका हुँदै साँझ ६ बजेतिर फरार भएको सप्तरी बार एशोसिएसनका अध्यक्ष डोमन साहले जानकारी दिए ।
बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सर्वोच्च अदालतले आज अपराह्न ५ बजे रिहा गर्ने आदेश गरेबमोजिम उनीहरुलाई आज साँझ प्रहरी नियन्त्रणबाट मुक्त गरिए पनि फरार भएको र अहिले प्रहरीले चारैतिर खोजिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भुजेल र पौडेलमाथि सप्तरीको भारदहमा प्रहरीसँग अभद्र व्यवहार गरेको आरोप लगाउँदै यही भदौ ४ गते मुद्दा चलाएको थियो ।
जिल्ला अदालत सुनसरीले भदौ २ गते पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरेलगत्तै उनीहरु पक्राउ थिए । सरकारले चन्द नेतृत्वको गतिविधिमाथि २०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ । रासस

नेकपा स्थायी कमिटी बैठक माधव कुमार नेपालको अध्यक्षतामा बस्दै
पुस, २० नेकपा प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठक माधव कुमार नेपालको अध्यक्षतामा पेरिसडाँडामा सुरु भएको छ । बैठक आईतबार…

काठमाडौंका यी विभिन्न स्थानमा हुँदैछ नेपाली कांग्रेसको विरोध प्रदर्शन
पुस, १३ संसद विघटनको विरोधमा आज नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गर्दै छ । केन्द्रीय राजधानी काठमाडौंको हकमा दिउँसो…

सुरु भयो प्रचण्ड–माधव समूह केन्द्रीय कमिटीको बैठक
पुस, ७ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड– माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा सुरु भएको…
फेसबुकबाट तपाईको प्रतिक्रिया