Hotline Khabar | News Website महराले एमसीसी रोकेको भीम रावलको खुलासा – Hotline Khabar
Shivangi

महराले एमसीसी रोकेको भीम रावलको खुलासा

  • हटलाइनखबर
  • १६ भाद्र, २०७७ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य तथा प्रभावशाली नेता डा. भीम रावलले तत्कालिन सभामुख कृष्णबहाुदर महराले एमसीसी रोकेको खुलासा गरेका छन् ।

एमसीसी खारेज अभियानमा आबद्ध करीब ३ सय अभियन्तासँगको अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले अमेरिकीसँग लसपसी गर्ने केही ठूलाबडाहरुले दिएको चर्को दबाब र षड्यन्त्रका बाबजुद् संसदमा पास गर्ने काम तत्कालिन सभामुख कृष्णबहादुर महराको अडानका कारण अहिलेसम्म रोकिएको बताएका हुन् ।

सो कार्यक्रममा बोल्दै उनले ‘आइपीएस’ अमेरिकी सैन्य रणनीति अन्तर्गतको ‘हिन्द प्रशान्त रणनीति’ होइन भन्ने कुरा अमेरिकी सरकारले प्रष्ट नभनेसम्म यसबारेमा अरु कुरामा अघि बढ्नै नहुने स्पष्ट पारेका छन् । संसदमा विशेष समय लिएर सम्झौतामा भएका राष्ट्रघाती बुँदा खारेज गर्नुपर्ने कुरा आफूले उठाएको, प्रत्येक दफामाथि सुष्म निगरानी राखेर व्याख्यासहित प्रतिवेदन पार्टीलाई बुझाएको र पछिल्लो कार्यदलको प्रतिवेदनमा सो कुरा ‘बोल्न भनिएपछि’ राष्ट्रिय हितमा परिमार्जन र संशोधन गरी अनुमोदन गर्न सकिने कुरा उल्लेख भएको बताएका थिए ।

कार्यक्रममा रावलले भने ‘सत्ता संचालन गरेको दलको कुटनैतिक बाध्यता’ बुझेर राष्ट्रघात रोक्न प्रयास भैरहेकोले लड्नेहरुको मनोबल नगिराउन अभियन्ताहरुलाई अनुरोध गरेका थिए ।

कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य लिलामणि पोखरेलले राष्ट्रघाती दस्तावेजलाई संसदको सम्पत्तिका रुपमा मान्न अस्विकार्य भएको धारणा राखेका थिए । उनले नेपाललाई अन्तर्राष्ट्रिय क्रिडास्थल हुन नदिन पार्टी भित्र र बाहिरमात्र होइन, सडकमा समेत जानुपर्ने विचार व्यक्त गरेका थिए । पोखरेल, एमसीसी विरोधी अभियानमा देश दौडाहसमेत गरिसकेका छन् ।

आइपीएसकै अंग भएकाले कुनै पनि बहानामा एमसीसी अनुमोदन नहोस भन्दै साध्यबहादुर भण्डारी, पर्शुराम तामाङ, डा शम्भु कट्टेल, बाबुराजा महर्जन, महादिप पोखरेल लगायतका सहभागीले ‘मण्डले बंशका देसद्रोही व्यक्ति’ लाई अर्थमन्त्री बनाएर घातमाथि घात गरिएको आरोप लगाएका थिए । पत्रकार मनहरी तिमिल्सिनाले सहजीकरण गरेको सो कार्यक्रममा अभियानका संयोजक नारायण शर्माले थप आन्दोलनलाई उत्प्रेरणा मिलेको भन्दै कार्यक्रमको समापन गरेका थिए ।

नेकपाभित्र भीम रावल, लीलामणि पोखरेल, देव गुरुङ, नारायण शर्मा, जगन्नाथ खतिवडा, प्रेमल खनाल लगायतका नेताहरु एमसीसीको विरोधमा बोल्दै आएका छन् भने वामपन्थी नेता तथा माक्र्सवादी चिन्तक स्वनाम साथी सहितको समूहले जागरण कार्यक्रम चलाउँदै आएको छ । संसारन्यूजबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया
आम हड्तालको आह्वान गर्दै नेकपाका अध्यक्ष प्रचण्ड नेता कार्यकर्ता संगै सडकमा
2 months ago

आम हड्तालको आह्वान गर्दै नेकपाका अध्यक्ष प्रचण्ड नेता कार्यकर्ता संगै सडकमा

माघ, २२ प्रधानमन्त्री के.पी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्ध घोषित आम हड्ताल सफल बनाउन आम हड्तालको आह्वान गर्दै नेकपाका अध्यक्ष…

निरङ्कुश शैलीमा उत्रियो सरकार युवा नेता रमेश मल्ल, तिलक राज भण्डारी गिरफ्तार
2 months ago

निरङ्कुश शैलीमा उत्रियो सरकार युवा नेता रमेश मल्ल, तिलक राज भण्डारी गिरफ्तार

माघ, २२ प्रधानमन्त्री के.पी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्ध आमहड्तालमा उत्रेको नेपाल कम्युनिष्ट पाटी (नेकपा) का नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले…

नेकपा स्थायी कमिटी बैठक माधव कुमार नेपालको अध्यक्षतामा बस्दै
3 months ago

नेकपा स्थायी कमिटी बैठक माधव कुमार नेपालको अध्यक्षतामा बस्दै

पुस, २० नेकपा प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठक माधव कुमार नेपालको अध्यक्षतामा पेरिसडाँडामा सुरु भएको छ । बैठक आईतबार…

Below News 2