Hotline Khabar | News Website जनगणना २०७८ का लागि प्रश्नावली प्रकाशन – Hotline Khabar
Shivangi

जनगणना २०७८ का लागि प्रश्नावली प्रकाशन

  • हटलाइनखबर
  • १६ भाद्र, २०७७ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ मा प्रत्येक व्यक्ति तथा घरपरिवारबाट विवरण सङ्कलन गर्न प्रयोग गरिने घर तथा घरपरिवार सूचीकरण र मुख्य प्रश्नावली सर्वसाधारण तथा सरोकारवाला सबैको जानकारीका लागि नेपाल राजपत्रमा प्रकाशन गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत साउन २६ गते स्वीकृत गरेको सो प्रश्नावली आज सर्वसाधारण तथा सरोकारवालाको जानकारीका लागि प्रकाशन गरिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

यसअघि राष्ट्रिय जनगणना निर्देशक समितिले प्रत्येक वडा कार्यालयबाट सङ्कलन गरिने विवरणको लागि सामुदायिक प्रश्नावली गत असार ४ गते स्वीकृत गरिसकेको जनाएको छ ।

पहिलो प्रश्नावली सुरपरीक्षेकद्वारा घर तथा घरपरिवार सूचीकरणमार्फत प्रत्येक घर तथा घरपरिवारमा पुगी घरको सम्पूर्ण विवरण सङ्कलन गरिनेछ भने दोस्रो प्रश्नावली गणकहरुद्वारा प्रत्येक घरपरिवारमा पुगी मुख्य प्रश्नावलीमार्फत पारिवारिक विवरण र व्यक्तिगत विवरणहरु सङ्कलन गरिनेछ ।

घर तथा घरपरिवार सूचीकरण २०७८ वैशाख २६ देखि जेठ १४ गतेसम्म र मुख्य प्रश्नावली २०७८ जेठ २५ देखि असार ८ गतेसम्म भरिनेछ । तेस्रो प्रश्नावली सुरपरीवेक्षकबाट प्रत्येक स्थानीय तहका सबै वडा कार्यालयबाट सामुदायिक प्रश्नावलीमार्फत वडास्तरको पूर्वाधारसम्बन्धी विवरण सङ्कलन गरिने विभागद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

विभागले प्रश्नावली निर्माण गर्दा यसअघि विभिन्न चरणमा सरोकारवालासँग अन्तरक्रिया तथा छलफल गरेको थियो । यसअघि विभागले नमूना जनगणना २०७७ असार १५ मा सम्पन्न गरी यसका आधारमा केही प्रश्नावलीमा सुधार र परिमार्जन समेत गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
आज महानवमी पर्व – बलिसहित दुर्गा भवानीको पूजा गरिँदै
6 days ago

आज महानवमी पर्व – बलिसहित दुर्गा भवानीको पूजा गरिँदै

काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ…

ढोरपाटन बाढीः शवहरु क्षतविक्षत अवस्थामा
2 months ago

ढोरपाटन बाढीः शवहरु क्षतविक्षत अवस्थामा

बागलुङको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते आएको बाढीले ठूलोमात्रामा जनधनको क्षति पुर्याएको छ । रातको समयमा बाढी आउँदा…

बागलुङमा बाढीले बस्ती बगायो, एक दर्जन सम्पर्कबिहीन
2 months ago

बागलुङमा बाढीले बस्ती बगायो, एक दर्जन सम्पर्कबिहीन

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र…

Below News 2