Hotline Khabar | News Website ग्लोकल टिन हिरो नेपाल भर्चुअली आयोजना गरिदै – Hotline Khabar
Shivangi

ग्लोकल टिन हिरो नेपाल भर्चुअली आयोजना गरिदै

  • हटलाइनखबर
  • १६ भाद्र, २०७७ मा प्रकाशित

आउने डिसेम्बर १२ मा ‘वाई वाई ग्लोकल टिन हिरो’ नेपाल अन्लाइन आयोजना गरिने भएको छ । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो’, हुने भएको हो ।

उक्त कार्यक्रम ग्लोकल प्रा.ली. ले सञ्चालन गर्दै आएको कार्यक्रम हो । यस मन्च मार्फत किशोर किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने आयोजकको दावी रहेको छ ।

भदौ १६ गते मंगलबार देखि ग्लोकल टीन हीरो नेपाल, २०२० को आवेदन खुलेको घोषणा गरिएको छ ।

यस वर्ष ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा डिसेम्बर १२, २०२० मा हुने अन्लाईन अवार्ड महोत्सब र सम्मेलन मार्फत घोषणा गरिने आयोजकले बतएको छ ।

नेपालबाट सन् २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा ग्लोकल प्रा.ली.ले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो ।

हालसम्म नेपालका ५ किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो ईन्डिया बाट एकजना सम्मनित भएका छन । साथै २० अण्डर २० छनोट गरेर हाल सम्म ७५ जनालाई सम्मानित गरिएको छ ।

आवेदन खोल्ने पहिलो चरणदेखि ग्लोकल टिन हिरो नेपालको घोषणा सम्पूर्ण अन्लाईननै सन्चालन हुनेछ ।

ग्लोकल प्रा. ली. का संस्थापक आशिष ठाकुर भन्छन् “ महामारीको बीचमा, यस बर्षको ग्लोकल टीन हीरो कार्यक्रम डिजिटल भइरहेको छ । कार्यक्रमको गति राख्दै र डिजिटल प्रबिधी को उपयोग सगै किशोर किशोरिहरुको प्रतिभा प्रस्फुट्न एवम उनिहरुको उपलब्धिहरू पहिचान गर्न यसले महत्वपूर्ण भूमिका निर्बाहा गर्नेछ ।”

समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोगा्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरणका कार्यहरु लगायत बिभिन्न क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरिहरुले https://nepal.glocalteenhero.com/ मार्फत आबेदन भर्न सक्ने छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
आज महानवमी पर्व – बलिसहित दुर्गा भवानीको पूजा गरिँदै
6 days ago

आज महानवमी पर्व – बलिसहित दुर्गा भवानीको पूजा गरिँदै

काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ…

ढोरपाटन बाढीः शवहरु क्षतविक्षत अवस्थामा
2 months ago

ढोरपाटन बाढीः शवहरु क्षतविक्षत अवस्थामा

बागलुङको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते आएको बाढीले ठूलोमात्रामा जनधनको क्षति पुर्याएको छ । रातको समयमा बाढी आउँदा…

बागलुङमा बाढीले बस्ती बगायो, एक दर्जन सम्पर्कबिहीन
2 months ago

बागलुङमा बाढीले बस्ती बगायो, एक दर्जन सम्पर्कबिहीन

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र…

Below News 2