Hotline Khabar | News Website भारतमा पब्जीसहित ११८ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध – Hotline Khabar
Shivangi

भारतमा पब्जीसहित ११८ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध

  • एजेन्सी
  • १८ भाद्र, २०७७ मा प्रकाशित

भारतले चीनले विकास गरेका पब्जीसहित ११८ वटा मोबाइल एप्सलाई प्रतिबन्ध लगाएको छ । बुधबार भारतको इलेक्ट्रोनिक्स तथा सूचना मन्त्रालयले एक विज्ञप्ति जारी चिनियाँ एप्सहरुमाथि प्रतिबन्ध लगाएको जानकारी दिएको हो । विज्ञप्तिमा ती एप्सहरुको प्रयोगले भारतको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र  सुरक्षामा समेत खतरा पैदा भएको जनाइएको छ ।

‘ यो कदमले भारतका करोडौं मोबाइल र इन्टरनेट प्रयोग गर्नेहरुको समेत हितको रक्ष ागर्नेछ । यो निर्णयले भारतको साइबर स्पेसको सुरक्षा र सार्वभौमिकता सुनिश्चित गर्ने निश्चित छ ।’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भारत सरकारले विभिन्न श्रोतहरुबाट यी एप्सको दुरुपयोगबारे गुनासाहरु प्राप्त भएको समेत जनाइएको छ ।

जसमा एन्ड्रोइड र आइओएसमा उपलव्ध केही मोबाइल एप्स प्रयोगकर्ताका डाटा अनौपचारिक रुपमा चोरी भएको र भारतबाहिर सर्भरमा पठाइएका रिपोर्टहरु समेत सरकारलाई प्राप्त भएको जनाइएको छ । यसअघि जून महिनामा पनि भारतले टिकटक सहित ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो ।

सीमानामा दुई देशका सेनाबीच थप तनाव बढेपछि भारत सरकारले चीनप्रति कडा नीति लिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
भारतमा २४ घण्टाभित्र भेटिए ९१,७२३ संक्रमित, बिरामीको आँकडा ४२ लाख पार
2 months ago

भारतमा २४ घण्टाभित्र भेटिए ९१,७२३ संक्रमित, बिरामीको आँकडा ४२ लाख पार

भारतमा कोरोना बिरामीको आँकडा ४२ लाख पार भइसकेको छ । हालसम्म ४२ लाख २ हजार ५ सय ६२ व्यक्ति संक्रमित…

कोरोनाका कारण हरेक १५ सेकेन्डमा एकको मृत्यु
2 months ago

कोरोनाका कारण हरेक १५ सेकेन्डमा एकको मृत्यु

कोरोनाभाइरसको कहर नेपाललगायत विश्वव्यापी रुपमा बढ्दो क्रममा छ । अझै केही देशमा त नियन्त्रणमा आइसकेको कोरोनाको पुनः दोस्रो लहर देखिएको…

गान्धीको चश्मा तीन लाख ४० हजार डलरमा बिक्यो
2 months ago

गान्धीको चश्मा तीन लाख ४० हजार डलरमा बिक्यो

भारतीय स्वतन्त्रताका नायक महात्मा गान्धीले लगाएको सुनौलो चश्मा ३ लाख ४० हजार अमेरिकी डलरमा बेलायतमा बिक्री भएको लिलामसम्बन्धी काम गर्ने…

Below News 2