Hotline Khabar | News Website कारागारमा सङ्क्रमण फैलिन नदिन उच्च सावधानी – Hotline Khabar
Shivangi

कारागारमा सङ्क्रमण फैलिन नदिन उच्च सावधानी

  • रासस
  • १८ भाद्र, २०७७ मा प्रकाशित

काठमाडौं । गृह मन्त्रालयले कारागारका कैदी/बन्दीमा कोभिड–१९को सङ्क्रमण फैलिन नदिन उच्च सावधानी अपनाइएको जनाएको छ ।  विभिन्न कारागारका कैदी/बन्दीमा कोभिड–१९ सङ्क्रमणसँग जोडेर आएका टिप्पणी, प्रतिक्रिया र समाचारका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले सङ्क्रमण फैलिन नदिन पूर्ण सजक रहेका प्रष्ट पारेको हो ।

मन्त्रालयले आज विज्ञप्ति जारी गरी कारागारमा थप जोखिम हुन नदिन, कोरोना रोकथाम नियन्त्रणका लागि हरसम्भवका प्रयास गर्न तथा सङ्क्रमित कैदीबन्दीको आवश्यक उपचारको व्यवस्था गर्न  प्रहरी प्रधान कार्यालय, कारागार व्यवस्थापन विभागमार्फत् सबै कारागार र प्रमुख जिल्ला अधिकारीलाई आवश्यक निर्देशन दिइसकिएको जनाएको छ ।

कोभिड–१९ नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारबाट समय समयमा जारी भएका निर्णय तथा विभिन्न निकायबाट जारी भएका मापदण्ड र परिपत्र कार्यान्वयनको अवस्थाबारे पनि अनुगमन भइरहेको भइरहेको छ । कारागारमा जोखिम हुन नदिन पहिलेदेखि नै उच्च साबधानी अपनाइएको र त्यसमा मन्त्रालय पूर्ण सजक रहेको विज्ञप्तिमा उल्लेख छ ।

कैदी/बन्दीमासँग बाह्य व्यक्तिको भेटघाट नियन्त्रण गर्ने, विरामी कैदी÷बन्दीलाई सम्भव भएसम्म कारागार कार्यालयमा रहेका स्वास्थ्यकर्मीबाटै उपचार गराउने र सम्भव नभएमा सुरक्षित रुपमा स्थानीय वा अन्य अस्पतालमा उपचार गराउने गरिएको तथा उपचार पश्चात कारागार परिसरमा छुट्टै बस्ने व्यवस्था मिलाइएको छ ।

उपत्यकाको हकमा भने कीर्तिपुरमा रहेको आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई आइसोलेशनको रुपमा प्रयोग गर्ने व्यवस्था मिलाइएको र केन्द्रीय कारागार सुन्धाराको परिसरमा रहेको तालिम केन्द्रलाई आइसोलेशन बनाउन निर्माण कार्य थाल्ने लगायत विषयमा मातहतका निकायलाई निर्देशन दिइसकिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार सङ्क्रमण्माको लक्षण देखिएका गम्भीर खालका विरामीलाई सुविधासम्पन अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ । यती हुँदाहुँदै पनि केही दिन यता कारागारमा रहेका बैदीबन्दीमा सङ्क्रमण देखिन थालेको छ ।

हालसम्म देशभरका एक सय १८ कैदी÷बन्दीमा सङ्क्रमण देखिएकोमा ४९ जना निको भइसकेको, एक जनाको मृत्यु भएको र अन्यको उपचार जारी रहेको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
रहिनन नेकपाकी सांसद तथा जनवादी गायिका सानु पहाडी
2 weeks ago

रहिनन नेकपाकी सांसद तथा जनवादी गायिका सानु पहाडी

असोज,२८ लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित प्रतिनिधिसभा सदस्यतथा जनवादी गायिका सानु पहाडीको उपचारका क्रममा काठमाडौंको मेडिकल कलेजमा निधन…

कर्णाली प्रदेशको सचेतकको जिम्मेवारी सांसद कुर्मराज शाहीलाई
2 weeks ago

कर्णाली प्रदेशको सचेतकको जिम्मेवारी सांसद कुर्मराज शाहीलाई

असोज, २७ काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै १८…

कर्णालीमा केपी समूह संकटमा प्रचण्ड र माधव नेपाल समूहबीच नयाँ सहमति
2 weeks ago

कर्णालीमा केपी समूह संकटमा प्रचण्ड र माधव नेपाल समूहबीच नयाँ सहमति

असोज,२७ काठमाडौं । नेकपाको कर्णाली प्रदेशमा देखा परेको विवादमा नयाँ समीकरण निर्माण भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ…

Below News 2