Hotline Khabar | News Website बागलुङमा बाढीले बस्ती बगायो, एक दर्जन सम्पर्कबिहीन – Hotline Khabar
Shivangi

बागलुङमा बाढीले बस्ती बगायो, एक दर्जन सम्पर्कबिहीन

  • रासस
  • १८ भाद्र, २०७७ मा प्रकाशित

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो ।

अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा कम्तिमा १२ जना सम्पर्क बिहिन रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

“रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो र कति बेपत्ता भए भन्ने यकिन हुन सकेको छैन”, भण्डारीले फोन मार्फत भने, “अहिले उद्दारको काम भइरहेकोछ, बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान छ ।” बाढीका कारण एक दर्जन मानिस बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।

उनले राति नै घटना स्थलमा प्रहरी परिचालन गरिएको भन्दै बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई घटनास्थलमा पठाइएको जानकारी दिए । घटनाको विषयमा बुझ्न प्रमुख जिल्ला अधिकारीको टोली ढोरपाटन तर्फ लागेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
आज महानवमी पर्व – बलिसहित दुर्गा भवानीको पूजा गरिँदै
1 month ago

आज महानवमी पर्व – बलिसहित दुर्गा भवानीको पूजा गरिँदै

काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ…

ढोरपाटन बाढीः शवहरु क्षतविक्षत अवस्थामा
3 months ago

ढोरपाटन बाढीः शवहरु क्षतविक्षत अवस्थामा

बागलुङको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते आएको बाढीले ठूलोमात्रामा जनधनको क्षति पुर्याएको छ । रातको समयमा बाढी आउँदा…

ग्लोकल टिन हिरो नेपाल भर्चुअली आयोजना गरिदै
3 months ago

ग्लोकल टिन हिरो नेपाल भर्चुअली आयोजना गरिदै

आउने डिसेम्बर १२ मा ‘वाई वाई ग्लोकल टिन हिरो’ नेपाल अन्लाइन आयोजना गरिने भएको छ । किशोरकिशोरीहरुमा भएको प्रेरणा र…

Below News 2