Hotline Khabar | News Website बागलुङमा बाढीले गर्दा भएको जनधनको क्षतिप्रति अध्यक्ष प्रचण्डबाट दुःख व्यक्त – Hotline Khabar
Shivangi

बागलुङमा बाढीले गर्दा भएको जनधनको क्षतिप्रति अध्यक्ष प्रचण्डबाट दुःख व्यक्त

  • हटलाइनखबर
  • १८ भाद्र, २०७७ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार राति परेको अविरल वर्षाका कारण बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ को सुकुर्दुङ खोलामा आएको बाढीले बगाएर ११ जनाको मृत्यु र ३० जना बेपत्ता भएको घटनाले स्तब्ध बनाएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले बिहीबार एक प्रेस बिज्ञप्ती जारी गर्दै उक्त घटनामा परी निधन भएकाहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण साथै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका हुन् ।

बिज्ञप्तीमा बाढीमा बेपत्ता भएकाहरुको खोजी र उद्दार कार्यमा जुट्न पार्टीका नेता तथा कार्यकर्ता, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, समाजसेवी लगायत सबैमा आव्हान गरिएको छ ।

“बाढीमा परी निधन हुनुभएकाहरु, बेपत्ता र बाढीबाट विस्थापित परिवारजनको उचित क्षतिपूर्ति र व्यवस्थापनको निम्ति पहल गर्न सरकारको ध्यानाकर्षण गराउँदछु ।” बिज्ञप्तीमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
प्रचण्ड प्रस्तावक नबनेका भए ओली र विद्या प्रधानमन्त्री र राष्ट्रपति हुने थिएनन् – खगेन्द्र संग्रौला
2 weeks ago

प्रचण्ड प्रस्तावक नबनेका भए ओली र विद्या प्रधानमन्त्री र राष्ट्रपति हुने थिएनन् – खगेन्द्र संग्रौला

कार्तिक ३०, काठमाण्डौं नेकपाभित्रको संघर्षबारे बुद्धिजीवि तथा लेखकहरु पनि बोल्न थालेका छन् । नेपालमा पहिलो पटक दुईतिहाई नजिकको जनमत सहति…

रहिनन नेकपाकी सांसद तथा जनवादी गायिका सानु पहाडी
2 months ago

रहिनन नेकपाकी सांसद तथा जनवादी गायिका सानु पहाडी

असोज,२८ लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित प्रतिनिधिसभा सदस्यतथा जनवादी गायिका सानु पहाडीको उपचारका क्रममा काठमाडौंको मेडिकल कलेजमा निधन…

कर्णाली प्रदेशको सचेतकको जिम्मेवारी सांसद कुर्मराज शाहीलाई
2 months ago

कर्णाली प्रदेशको सचेतकको जिम्मेवारी सांसद कुर्मराज शाहीलाई

असोज, २७ काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै १८…

Below News 2