सन्दीप आबद्ध जमैका सिपिएलको सेमिफाइनलमा पुग्यो
-
रासस
-
१९ भाद्र, २०७७ मा प्रकाशित
काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछानेआबद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी २० क्रिकेटको सेमिफाइनलमा पुगेको छ । आज बिहान सम्पन्न खेलमा गुयाना अमेजन वारियर्सले बारबाडोस ट्रिडेन्ट्सलाई ६ विकेटले पराजित गरेपछि जमैका आफ्नो खेल्न दुई खेल अगावै सेमिफाइनल पुग्न सफल भएको हो । यसअघि सन्दीपको टोली जमैकाको बिहीबार राति सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्ससितको खेल भने वर्षाका कारण रद्द भएको थियो ।
उक्त खेलमा दुवै टोली एकएक अङ्क बाँड्न बाध्य भए । तीन अङ्कमा सीमित सेन्ट किट्स प्रतियोगिताबाट बाहिरिएको छ । उसले हालसम्म नौ खेलमा एकमा जीत तथा आठमा पराजय भोगेको छ । जमैका हालसम्म आठ खेलमा तीनमा जीतका साथ सात अङ्कसहित चौथो स्थानमा छ ।
लिगमा शतप्रतिशत नतिजा निकाल्न सफल ट्रिनबागो नाइट राइडर्स १६ अङ्क बनाउँदै यसअघि नै सेमिफाइनल पुगिसकेको छ । उसले दुई खेल खेल्न अझै बाँकी छ । लिगमा सबै खेल खेलिसकेको गुयाना अमेजन वारियर्स हालसम्म १० खेलमा ६ मा जीतका साथ १२ अङ्क बनाएर अन्तिम चारमा स्थान बनाउन सफल भएको छ ।
यस्तै सेन्ट लुसिया जुक्स पनि सेमिफाइनलमा पुगिसकेको छ । उसले हालसम्म आठ खेलमा पाँचमा जित निकाल्दै १० अङ्क जोडेको छ । साविक विजेता बारबाडोस ट्रिडेन्ट्स भने नौ खेलमध्ये दुईमा मात्र विजयी भई चार अङ्कका साथ प्रतियोगिताबाट बाहिरिएको छ ।

फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना सङ्क्रमण
असोज, २८ जुभेन्टस क्लबका अग्रपङ्तिका ३५ वर्षीय फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो सोलेसनमा बसेका छन्। नेसन्स लिग प्रतियोगिता अन्तर्गत अब बुधवारको…

बायर्नलाई छैटौँपटक च्याम्पियन्स लिगको उपाधि
प्रतिस्पर्धात्मक खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गर्दै जर्मन क्लब बायर्न म्युनिखले छैटौँ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ…

सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङका बावजुद जमैका पराजित
क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् । शनिबार राति भएको खेलमा गुयाना…
फेसबुकबाट तपाईको प्रतिक्रिया