Hotline Khabar | News Website ‘काठमाडौं उपत्यकामा दसैंसम्म निषेधाज्ञा, नाकामा सेना परिचालन’ – Hotline Khabar
Shivangi

‘काठमाडौं उपत्यकामा दसैंसम्म निषेधाज्ञा, नाकामा सेना परिचालन’

  • हटलाइनखबर
  • २२ भाद्र, २०७७ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले दसैंसम्म निषेधाज्ञा लगाएर उपत्यका प्रवेशमा कडाइ गर्न नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको आइतबारको बैठकमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न उपत्यकामा दसैंसम्म निषेधाज्ञा कायम गरेर नाकामा सेना परिचालन गर्नुपर्ने राय दिएका हुन् । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँचवटै नाकामा सेना परिचालन गर्नुपर्ने सुझाव दिए । विभिन्न बहानामा मानिस उपत्यका भित्रने क्रम नरोकिएको र चाहेर वा नचाहेर पनि दैनिक २ हजारको संख्यामा मानिसलाई भित्र्याउनु परिरहेको भन्दै उनले नाका नै ठप्प पार्न नसकिएको बताए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दसैंसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले चाडपर्वको समयमा मानिसको आवागमन पनि बढ्ने भएकाले त्यसलाई रोक्न अहिलेदेखि नै केही क्षेत्रलाई सञ्चालन गर्न दिँदै जनजीवन सहज बनाई निषेधाज्ञाको अवस्थालाई निरन्तरता दिनुपर्ने बताए ।

‘दसैंसम्म कुनै न कुनै रूपमा अलिकति केही खुकुलो बनाएर भए पनि निषेधाज्ञा कायम गर्नैपर्ने हुन्छ,’ ललितपुरका प्रमुख जिल्ला अधिकारी भट्टले भने । नगरपालिका मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले अहिले उपत्यकामा लागू भएको तेस्रो चरणको निषेधाज्ञा नाम मात्रैको भएको भन्दै हालकै अवस्थाको निषेधाज्ञाको अर्थ नभएको धारणा राखे । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
कोरोना संक्रमणका कारण एकै परिवारका तीनजनाको निधन,तीन जना आइसियु र चार जना आइसोलेसनमा
1 week ago

कोरोना संक्रमणका कारण एकै परिवारका तीनजनाको निधन,तीन जना आइसियु र चार जना आइसोलेसनमा

असोज, ३० तनहुँको भिमाद नगरपालिका– ६ का ९८ वर्षीय धर्मकुमार श्रेष्ठ कान्छा छोराको चितवनस्थित घरमा बसिरहेका वेला ११ असोजमा बेहोस…

संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
2 months ago

संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

काठमाडौं । कोरोना संक्रमितको उपचार कन्भेलेसेन्ट प्लाज्मा थेरापीबाट गर्न चिकित्सकले प्लाज्मा दान अभियान अघि बढाएका छन्। नेपाल चिकित्सक संघका अध्यक्ष…

छ लाख बढी नेपाली फर्किने, स्वदेशमा गुम्यो २३ प्रतिशतको रोजगारी
2 months ago

छ लाख बढी नेपाली फर्किने, स्वदेशमा गुम्यो २३ प्रतिशतको रोजगारी

कोभिड–१९का कारण एक वर्षमा छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने एक अध्ययनले देखाएको छ । त्यसरी फर्कनेमा विभिन्न देशबाट रोजगारी,…

Below News 2