Hotline Khabar | News Website संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक – Hotline Khabar
Shivangi

संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

  • हटलाइनखबर
  • २५ भाद्र, २०७७ मा प्रकाशित

काठमाडौं । कोरोना संक्रमितको उपचार कन्भेलेसेन्ट प्लाज्मा थेरापीबाट गर्न चिकित्सकले प्लाज्मा दान अभियान अघि बढाएका छन्। नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले ‘प्लाज्मा दान नै जीवनदान’ नारा अघि सारिएको बताए।

संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा थेरापी वरदान सावित भएको संघले जनाएको छ। एक पिन्ट प्लाज्माबाट हजारौंलाई जोगाउन सकिने चिकित्सक बताउँछन्।

‘कोरोना संक्रमितका साथै अन्य व्यक्तिमा त्रास फैलँदै गएकोेले मनोबल बढाउन पनि यो अभियान अघि सारिएको हो’, डा. कार्कीले भने, ‘संक्रमणपछि निको भएकाहरूलाई हेप्ने, छिःछिः दुरदुर गर्ने प्रवृत्ति देखिएको छ। समाजमा दुव्र्यवहार हुँदा लुकेर बसेका छन्। दुव्र्यवहार होइन सम्मान गर्नुपर्छ भन्ने सन्देश दिन पनि अभियान सुरु गरिएको हो।’

प्लाज्मा थेरापीबाट पहिलो पटक विराटनगरका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमान सिंह कार्कीको उपचार गरिएको थियो। झन्डै ६० जना व्यक्तिले प्लाज्मा दान गरिसकेको संघले जनाएको छ। प्लाज्मा दान गर्ने व्यक्तिलाई चिकित्सकले सम्मान गर्ने भएका छन्। प्रशंसापत्रसहित उच्च सम्मान गरिने संघका महासचिव डा. बद्री रिजालले बताए। – अन्नपूर्ण पोस्ट् दैनिक

फेसबुकबाट तपाईको प्रतिक्रिया
कोरोना संक्रमणका कारण एकै परिवारका तीनजनाको निधन,तीन जना आइसियु र चार जना आइसोलेसनमा
2 weeks ago

कोरोना संक्रमणका कारण एकै परिवारका तीनजनाको निधन,तीन जना आइसियु र चार जना आइसोलेसनमा

असोज, ३० तनहुँको भिमाद नगरपालिका– ६ का ९८ वर्षीय धर्मकुमार श्रेष्ठ कान्छा छोराको चितवनस्थित घरमा बसिरहेका वेला ११ असोजमा बेहोस…

छ लाख बढी नेपाली फर्किने, स्वदेशमा गुम्यो २३ प्रतिशतको रोजगारी
2 months ago

छ लाख बढी नेपाली फर्किने, स्वदेशमा गुम्यो २३ प्रतिशतको रोजगारी

कोभिड–१९का कारण एक वर्षमा छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने एक अध्ययनले देखाएको छ । त्यसरी फर्कनेमा विभिन्न देशबाट रोजगारी,…

कोरोना कहरः अग्रमोर्चामा खटिने प्रहरीमा जोखिम
2 months ago

कोरोना कहरः अग्रमोर्चामा खटिने प्रहरीमा जोखिम

काठमाडौं – शान्ति सुरक्षाका लागि सबैभन्दा अग्रमोर्चामा खटिने प्रहरीमा कोरोना संक्रमणको जोखिम अन्य सुरक्षा संगठनमा भन्दा बढी देखिएको छ ।…

Below News 2