अन्तर्राष्ट्रिय उडान थपिने, आन्तरिक उडान पनि खोलिने
-
हटलाइनखबर
-
२६ भाद्र, २०७७ मा प्रकाशित
काठमाडौँ । सरकारले नियमित उडान सङ्ख्या थप गर्नेभएको छ । अहिले दैनिक दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान भइरहेकामा वायु सेवा कम्पनीले थप उडान माग गरेमा अनुमति प्रदान गर्ने निर्णय भएको हो ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवका बीचमा भएको छलफलपश्चात् प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीचको उच्चस्तरीय परामर्शबाट अन्तराष्ट्रिय उडान सङ्ख्या थप गर्ने निर्णय भएको हो ।
बिहीबार नै आयोजित एक भर्चुअल कार्यक्रममा मन्त्री भट्टराईले आन्तरिकतर्फको नियमित उडान सञ्चालनको तयारी पनि भइरहेको जानकारी दिए ।
जसका लागि बिहीबार नै आफूले सीसीएमसी सचिवालयमा प्रस्ताव पठाएको उनले जानकारी दिए ।
असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने आफ्नो प्रस्ताव भए पनि छलफलपछि असोज १५ देखि उडान गर्न सकिनेतर्फ पनि उनले सङ्केत गरे । -गोरखापत्र दैनिक

आम हड्तालको आह्वान गर्दै नेकपाका अध्यक्ष प्रचण्ड नेता कार्यकर्ता संगै सडकमा
माघ, २२ प्रधानमन्त्री के.पी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्ध घोषित आम हड्ताल सफल बनाउन आम हड्तालको आह्वान गर्दै नेकपाका अध्यक्ष…

निरङ्कुश शैलीमा उत्रियो सरकार युवा नेता रमेश मल्ल, तिलक राज भण्डारी गिरफ्तार
माघ, २२ प्रधानमन्त्री के.पी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्ध आमहड्तालमा उत्रेको नेपाल कम्युनिष्ट पाटी (नेकपा) का नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले…

नेकपा स्थायी कमिटी बैठक माधव कुमार नेपालको अध्यक्षतामा बस्दै
पुस, २० नेकपा प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठक माधव कुमार नेपालको अध्यक्षतामा पेरिसडाँडामा सुरु भएको छ । बैठक आईतबार…
फेसबुकबाट तपाईको प्रतिक्रिया