Hotline Khabar | News Website जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषण गर्छौ , मन्त्री बस्नेत – Hotline Khabar
Shivangi

जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषण गर्छौ , मन्त्री बस्नेत

  • हटलाइन खवर
  • ६ आश्विन, २०७७ मा प्रकाशित

असोज ७, काठमाण्डौं
वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले जनयुद्धका सम्पूर्ण सहिदहरुलाई सरकारले राष्ट्रिय सहिद घोषण गर्ने तयारी भईरहेको बताएका छन ।
आज पेरिसडाँडामा आयोजित जनयुद्धका सहिद लक्ष्मण खडका (अग्नी)को स्मृति दिवश को सन्दर्भमा आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले जनयुद्धमा सहिदहरुले गरेको बलिदानको बलमा नै नेपालमा आजको राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन ।
सहिद लक्ष्मण खडका मन्त्री बस्नेतकै गृह जिल्ला जाजरकोटमा २०५३ असोज ६ गते जनयुद्धको क्रममा सहिद भएका थिए ।
सहिद लक्ष्मण खडकाको स्मृति कार्यक्रममा नेकपाका कार्णाली प्रदेश सचीव तथा राष्ट्रिय सभाका सदस्य माया प्रसाद शर्मा, नेकपा जाजरकोटका इन्चार्ज भैरव सुन्दर श्रेष्ठ,नेकपा का केन्द्रीय सदस्यहरु सत्या पहाडी, रामदिप आचार्य, युवराज चौलागाई, युवा नेता रमेश मल्ल र अनेरास्ववियूका नेता तिलकराज भण्डारी लगायतका नेता कार्यकर्ताहरु सहभागि भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
कर्णाली प्रदेशका नेतालाई ओलीले भने–अध्यक्षको निष्कर्ष मान्नुहोस्
1 week ago

कर्णाली प्रदेशका नेतालाई ओलीले भने–अध्यक्षको निष्कर्ष मान्नुहोस्

कात्तिक, १ प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशको विवाद समाधानको निष्कर्ष दुई अध्यक्षले निकाल्ने बताएका छन् । कर्णाली विद्रोहका विषयमा…

अराजक गतिविधी नगर्न संयाेजक महरकाे निर्देशन
2 weeks ago

अराजक गतिविधी नगर्न संयाेजक महरकाे निर्देशन

अनेरास्ववियूकाे एकता प्रक्रिया भर्खरमात्र जिल्ला तहमा पुगेकाे छ । जिल्ला, स्थानीय तह र क्याम्पस इकाइ स्तरका एकता प्रक्रिया सम्पन्न गर्न…

ओलीद्वारा एकतर्फि मन्त्रिपरिषद पुनर्गठन
2 weeks ago

ओलीद्वारा एकतर्फि मन्त्रिपरिषद पुनर्गठन

असोज, २८  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । पार्टीका नेता विष्णु पौडेललाई…

Below News 2