Hotline Khabar | News Website जोखिम कायमै रहेकोले तत्काल विद्यालय खोल्नुहुदैन    –  शिक्षामन्त्री – Hotline Khabar
Shivangi

जोखिम कायमै रहेकोले तत्काल विद्यालय खोल्नुहुदैन    –  शिक्षामन्त्री

  • हटलाइन खबर
  • १० आश्विन, २०७७ मा प्रकाशित

असोज,१० काठमाडौं । शिक्षा पत्रकार समाजले आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ शिक्षालयमा सङ्क्रमण देखिए त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, सञ्चार र प्रविधिको प्रयोगमा आधारित वैकल्पिक प्रणालीलाई नै जोड दिन आग्रह गरे ।

मन्त्री पोखरेलले न्यूनतम सिकाइको सुनिश्चितका लागि सरकारले आकस्मिक कार्ययोजना ल्याई यही असोजको पहिलो साताबाट कार्यान्वयन शुरु गरिसकेकाले सबै स्थानीय तहका सम्बन्धित विद्यालयमा शिक्षकहरुलाई अनिवार्य पुग्न निर्देशन गरिएको बताए । उनले शिक्षक, अभिभावक र विद्यार्थीको सम्पर्क स्थापितका लागि सामुदायिक विद्यालयमा निःशुल्क र निजी विद्यालयमा सहुलियत रुपमा क्लोज युनिट ग्रुप सियुजी मा आबद्ध गराई सञ्चार सहजता बढाइएको बताए । कतिपय जिल्लाका विद्यालयले अहिले सामाजिक दूरी कायम गरी प्रत्यक्ष सिकाइ पनि आरम्भ गरिसकेका छन् ।
सञ्चारविद् डा। निर्मलमणि अधिकारीले विपन्न र गरिब विद्यार्थीका लागि निःशुल्क रुपमा उच्चगतिका इन्टरनेट र डाटा उपलब्ध गराउन आग्रह गर्दै मिडिया साक्षरतालाई प्रभावकारी नबनाउने हो भने वैकल्पिक सिकाइ प्रणाली सफल नहुने बताएका छन । उनले सूचना, सञ्चार तथा प्रविधि र आमसञ्चारको सदुपयोगका लागि रणनीति तर्जुमा गर्न सुझाव पनि दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
अराजक गतिविधी नगर्न संयाेजक महरकाे निर्देशन
2 weeks ago

अराजक गतिविधी नगर्न संयाेजक महरकाे निर्देशन

अनेरास्ववियूकाे एकता प्रक्रिया भर्खरमात्र जिल्ला तहमा पुगेकाे छ । जिल्ला, स्थानीय तह र क्याम्पस इकाइ स्तरका एकता प्रक्रिया सम्पन्न गर्न…

डिन नियुक्ति मनपरी गरेको भन्दै उपकुलपतिको कार्यालमा तालाबन्दी
2 weeks ago

डिन नियुक्ति मनपरी गरेको भन्दै उपकुलपतिको कार्यालमा तालाबन्दी

असोज,२९ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको उपकुलपति डा. राजेन्द्रराज वाग्लेले अनियमित तवरले डिन नियुक्ति गरेको भन्दै कर्मचारी कल्याणकारी समाजले अस्पताल…

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण
2 weeks ago

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण

असोज,२५ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका थिए । परीक्षणका क्रममा…

Below News 2