Hotline Khabar | News Website एकैदिन थपिए २७२२ कोरोना संक्रमित कहाँ कतिजना – Hotline Khabar
Shivangi

एकैदिन थपिए २७२२ कोरोना संक्रमित कहाँ कतिजना

  • हटलाइन खबर
  • १६ आश्विन, २०७७ मा प्रकाशित

असोज, १६ काठमाडौं । देशभरका प्रयोगशालामा १४ हजार ७३९ नमुना परीक्षण गर्दा ९६५ महिला र १७५७ पुरुषमा गरी जम्मा  २ हजार ७२२ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ ।

हाल देशभर २१ हजार २३४ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ११ हजार ७६० होम आइसोलेसनमा छन् । ९ हजार ४७४ संस्थागत आइसोलेसनमा छन्, जसमध्ये २१० जना आईसीयू र २९ जना भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १ हजार ६३८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १२८० जना, भक्तपुरमा १९६ र ललितपुरका १६२ जना रहेका छन ।

मोरङका १५० सुर्खेतका १२२, रुपन्देहीका ९२, चितवनका ८३, बाँकेका ७०, मकवानपुरका ५५, दाङका २८, गुल्मीका २६, पर्साका २४, झापा, सुनसरी, काभ्रे, धादिङ र नवलपरासीका २३/२३ , सिराहामा २२, नवलपुरमा १६, सप्तरी र दार्चुलामा १५/१५, बारा र लमजुङमा १४/१४ , सिन्धुली, कास्की र कैलालीमा १३/१३ , बागलुङमा १२, नुवाकोट, पाल्पा र प्युठानका ११/११ जना तथा सिन्धुपाल्चोक, अर्घाखाँची र दैखेलका १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको बताईएको छ ।

बर्दियाका ९ जना, अछाम र डोटीका ८/८ जना, तनहुँ, कपिलवस्तु र कञ्चनपुरका ७ /७ जना, महोत्तरी, सर्लाही र जुम्लाका ६/६ जना, धनुषा र बझाङका ५/५ जना, रौतहट र गोरखाका ४/४ जना, रामेछाप, म्याग्दी, कालीकोट र बैतडीका ३/३ जना, उदपयुर, तेह्रथुम, दोलखा, स्याङ्जा र रोल्पाका २/२ जना तथा खोटाङ, ताप्लेजुङ, संखुवासभा, पर्वत र बाजुराका १ / १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
आइतबार ३१६७ जना कोरोना संक्रमित थपिए
1 week ago

आइतबार ३१६७ जना कोरोना संक्रमित थपिए

कात्तिक, १ आइतबार देशभरका प्रयोगशालामा १५ हजार ४३८ नमुना परीक्षण गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेजानकारी दिए अनुसार ३ हजार १६७…

चितवनमा कोरोना संक्रमणका कारण वडा सदस्य सहित २ जनाको मृत्यु
1 week ago

चितवनमा कोरोना संक्रमणका कारण वडा सदस्य सहित २ जनाको मृत्यु

कात्तिक, १ चितवन जिल्लाको खैरहनी नगरपालिकाका वडा नं १२ का वडा सदस्य बद्रीबहादुर पाण्डेको उपचारका क्रममा भरतपुर अस्पतालमा शनिबार बिहान…

शुक्रबार ४३९२ जना कोरोना सङ्क्रमित थपिए
1 week ago

शुक्रबार ४३९२ जना कोरोना सङ्क्रमित थपिए

असोज, ३० आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका सङ्क्रमित संख्या…

Below News 2