Hotline Khabar | News Website नेकपा भित्र गुटबन्दीको उत्कर्ष – Hotline Khabar
Shivangi

नेकपा भित्र गुटबन्दीको उत्कर्ष

  • हटलाइन खबर
  • २५ आश्विन, २०७७ मा प्रकाशित

असोज, २५ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आफ्नै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
सांसद यामलाल कँडेलको अगुवाइमा नेकपा संसदीय दलका १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।
शाहीलाई ससदीय दलको नेताबाट हटाउन माग गर्दै आइतबार १८ जनाको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन् ।
हस्ताक्षर गर्नेमा पूर्वएमालेका १३ र पूर्वमाओवादीका ५ जना सांसद छन्।
अविश्वासपत्रमा शाहीले संसदीय दलको नेता निर्वाचित भएपछि प्रभावकारी काम गर्न नसकेको र प्रदेश सरकारको कामकारबाहीका कारण जनस्तरमा सरकार र पार्टीको उपस्थिति फितलो बन्न पुगेको उल्लेख गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
आज महानवमी पर्व – बलिसहित दुर्गा भवानीको पूजा गरिँदै
6 days ago

आज महानवमी पर्व – बलिसहित दुर्गा भवानीको पूजा गरिँदै

काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ…

फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना सङ्क्रमण
2 weeks ago

फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना सङ्क्रमण

असोज, २८ जुभेन्टस क्लबका अग्रपङ्तिका ३५ वर्षीय फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो सोलेसनमा बसेका छन्। नेसन्स लिग प्रतियोगिता अन्तर्गत अब बुधवारको…

Below News 2