Hotline Khabar | News Website कर्णालीमा केपी समूह संकटमा प्रचण्ड र माधव नेपाल समूहबीच नयाँ सहमति – Hotline Khabar
Shivangi

कर्णालीमा केपी समूह संकटमा प्रचण्ड र माधव नेपाल समूहबीच नयाँ सहमति

  • हटलाइन खबर
  • २७ आश्विन, २०७७ मा प्रकाशित

असोज,२७ काठमाडौं । नेकपाको कर्णाली प्रदेशमा देखा परेको विवादमा नयाँ समीकरण निर्माण भएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट सुरु भएको विवाद नयाँ मोड लिएको छ ।
प्रचण्ड समूह र नेपाल समुहविचमा नयाँ सहमति भएपछि माधवकुमार नेपाल समूह अविश्वासको प्रस्तावबाट पछाडि हटेको छ । आज भएको छलफलमा मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएपछि नेपाल समूहका सांसदहरु अविश्वासको प्रस्तावबाट पछि हटेका हुन् । अब नेपाल पक्षले थप तीन मन्त्री र संसदीय दलको सचेतक पद पाउने सहमति भएको हो ।
यो संगै मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समूहका ७ सांसदले आफ्नो समर्थन फिर्ता लिनेछन् । संसदीय दलका नेता शाहीविरुद्ध आइतबार नेकपाकै १८ सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए भने प्रमुख सचेतक गुलावजंग शाहले मंगलबार विहान १ बजे संसदीय दलको बैठक बोलाएका छन् । अब संसदीय दलको बैठकमा अविश्वासको प्रस्ताव ल्याउने केपी ओली समुहका यामलाल कडेल र प्रमुख सचेतक शाह भने संकटमा पर्ने देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
कोरोना संक्रमणका कारण सल्यानका तीन विद्यालय एक साताका लागि बन्द
9 hours ago

कोरोना संक्रमणका कारण सल्यानका तीन विद्यालय एक साताका लागि बन्द

  माघ, ११ शिक्षक र विद्यार्थीमा कोरोना भाइरस को संक्रमण देखिएपछि सल्यानका तीनवटा विद्यालय बन्द गरिएको छ । सल्यान जिल्लाको…

मकवानपुरमा एक महिला आफ्नै घरभित्रै मृत फेला श्रीमान पक्राउ
6 days ago

मकवानपुरमा एक महिला आफ्नै घरभित्रै मृत फेला श्रीमान पक्राउ

  माघ, ५ सोमबार बिहान मकवानपुरको मकवानपुर गढी गाउँपालिका २  भालङटारमा ४६ वर्षीया श्रीमाया गोले आफ्नै घरभित्रै मृत फेला परेकी…

तोलामा ७ सयले घट्यो सुनको भाउ
1 week ago

तोलामा ७ सयले घट्यो सुनको भाउ

माघ, ४ शुक्रबार ९२ हजार ५ सयमा करोबार भएको सुनको भाउ आइतबार ९१ हजार ८ सयमा झरेको सुनको मूल्य तोलामा…

Below News 2