Hotline Khabar | News Website ओलीद्वारा एकतर्फि मन्त्रिपरिषद पुनर्गठन – Hotline Khabar
Shivangi

ओलीद्वारा एकतर्फि मन्त्रिपरिषद पुनर्गठन

  • हटलाइन खबर
  • २८ आश्विन, २०७७ मा प्रकाशित

असोज, २८  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । पार्टीका नेता विष्णु पौडेललाई अर्थ मन्त्रालय र यसअघि महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका छन ।
यसै गरि लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै शहरी विकासमन्त्रीमा कृष्ण गोपाल श्रेष्ठ रहेका छन ।
त्यस्तै रक्षामन्त्रालय प्रधानमन्त्री अन्तर्गत राखिएका छ भने इश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ ।

मन्त्रिपरिषद पुनर्गठनबारे दुई अध्यक्ष बिच पटक पटक छलफल भए पनि सहमति नजुटेपछि प्रधानमन्त्रि केपी ओली शर्माले एकलौटी रुपमा मन्त्रिपरिषदको नयाँ कार्यविभाजन गरेका छन । आज थपिएका नयाँ मन्त्रिहरु साबिक एमालेबाट मात्र नियुक्त गरिएको छ ।

प्रधानमन्त्रिको सिफारिसमा राष्ट्रपति विद्यादेवी भणडारीले सो हेरेफेर तथा कार्य विभाजन गरेको राष्टपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख

गरिएकोछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
कर्णाली प्रदेशका नेतालाई ओलीले भने–अध्यक्षको निष्कर्ष मान्नुहोस्
1 week ago

कर्णाली प्रदेशका नेतालाई ओलीले भने–अध्यक्षको निष्कर्ष मान्नुहोस्

कात्तिक, १ प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशको विवाद समाधानको निष्कर्ष दुई अध्यक्षले निकाल्ने बताएका छन् । कर्णाली विद्रोहका विषयमा…

अराजक गतिविधी नगर्न संयाेजक महरकाे निर्देशन
2 weeks ago

अराजक गतिविधी नगर्न संयाेजक महरकाे निर्देशन

अनेरास्ववियूकाे एकता प्रक्रिया भर्खरमात्र जिल्ला तहमा पुगेकाे छ । जिल्ला, स्थानीय तह र क्याम्पस इकाइ स्तरका एकता प्रक्रिया सम्पन्न गर्न…

कर्णालीका मुख्यमन्त्रीसहित असन्तुष्ट सांसदहरुलाई बोलाइयो काठमाडौं
2 weeks ago

कर्णालीका मुख्यमन्त्रीसहित असन्तुष्ट सांसदहरुलाई बोलाइयो काठमाडौं

असोज,२७ मंगलबार बालुवाटारमा दुई अध्यक्षबीच भएको छलफलपछि प्रदेश कमिटीका पदाधिकारी, मुख्यमन्त्री र असन्तुष्ट सांसदहरुलाई काठमाडौं बोलाएको सचिवालयका एक नेताले जानकारी…

Below News 2