Hotline Khabar | News Website डिन नियुक्ति मनपरी गरेको भन्दै उपकुलपतिको कार्यालमा तालाबन्दी – Hotline Khabar
Shivangi

डिन नियुक्ति मनपरी गरेको भन्दै उपकुलपतिको कार्यालमा तालाबन्दी

  • हटलाइन खबर
  • २९ आश्विन, २०७७ मा प्रकाशित

असोज,२९ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको उपकुलपति डा. राजेन्द्रराज वाग्लेले अनियमित तवरले डिन नियुक्ति गरेको भन्दै कर्मचारी कल्याणकारी समाजले अस्पताल प्रशासनमा ताला लगाएको हो ।

सोमबार उपकुलपति डा. वाग्लेले जनस्वास्थ्य संकायको डिन नियुक्त गरेका थिए ।
त्यसको विरोधमा ताला बन्दी गरिएको हो । अस्पताल प्रशासन, रजिष्टार, उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्षदेखि डिनको कार्यालयमा समेत तालाबन्दी गरिएको छ ।

तालाबन्दीसंगै अस्पतालमा सबै प्रशासनिक कामकाज ठप्प भएका छन् । प्रतिष्ठानमा दुई वटा डिन नियुक्त भइसकेका थिए । उनीहरुलाई जनस्वास्थ्य संकायको जिम्मेवारी दिन सकिने अवस्था हुँदा हुँदै उपकुलपतिले तेस्रो डिन नियुक्त गरेपछि कर्मचारी आन्दोलित भएका हुन् ।

उपकुलपति डा. वाग्लेले काठमाडौँ सम्पर्क कार्यालयबाट अर्को डिन नियुक्त गरेपछि कर्मचारी आन्दोलित भएका हुन् । मंगलबार कर्मचारी कल्याणकारी समाजले डिन नियुक्ति फिर्ता लिन २४ घण्टे अल्टिमेटम दिएको थियो । उपकुलपति वाग्लेले पछिल्लो चौविस घण्टामा कुनै प्रतिक्रिया नदिएपछि बाध्य भएर ताला लगाउनु परेको कर्मचारी कल्याणकारी समाजका अध्यक्ष रामकान्त उपाध्यायले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
अराजक गतिविधी नगर्न संयाेजक महरकाे निर्देशन
2 weeks ago

अराजक गतिविधी नगर्न संयाेजक महरकाे निर्देशन

अनेरास्ववियूकाे एकता प्रक्रिया भर्खरमात्र जिल्ला तहमा पुगेकाे छ । जिल्ला, स्थानीय तह र क्याम्पस इकाइ स्तरका एकता प्रक्रिया सम्पन्न गर्न…

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण
2 weeks ago

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण

असोज,२५ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका थिए । परीक्षणका क्रममा…

सफाइ कर्मचारीको हातबाट जुस पिएर डा. केसीले अनशन तोडे
2 weeks ago

सफाइ कर्मचारीको हातबाट जुस पिएर डा. केसीले अनशन तोडे

असोज २५  सरकार र अनशनरत डा. गोविन्द केसीबीच गए राती ८ बुँदे सहमति भएपछि डा.केसीले आफ्नो २८ दिनलामो अनशन तोडेका…

Below News 2