Hotline Khabar | News Website मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने कँडेल समूह र नेकपा अध्यक्ष प्रचण्ड बिच भेटवार्ता – Hotline Khabar
Shivangi

मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने कँडेल समूह र नेकपा अध्यक्ष प्रचण्ड बिच भेटवार्ता

  • हटलाइन खबर
  • ३० आश्विन, २०७७ मा प्रकाशित

असोज, ३० कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने यमलाल कँडेल कर्णालीमा भएको विवादबारे जानकारी गराउन नेकपा अध्यक्ष  प्रचण्डलाई भेट्न कँडेल समूह बिहान नौ बजे खुमलटार पुगेको थियो ।
भेटमा प्रचण्डलाई कर्णालीमा भएको विवादबारे जानकारी गराइएको छ । कँडेलसहित मायाप्रसाद शर्मा र गुलाबजंग शाह खुमलटार पुगेका थिए । मुख्यमन्त्री शाही समूहले भने बिहीबार नै प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेर विकसित घटनाक्रमबारे जानकारी गराएका थिए ।
शाहीविरुद्ध नेकपाकै १८ सांसदले अविश्वास प्रस्ताव दर्ता गरेको भए पनि नेता नेपाल पक्षका सांसदहरु पछि हटेपछि मुख्यमन्त्री पद जोगिएको छ । नेता नेपाल खेमाका तीन सांसदलाई मन्त्री बनाउने मुख्यमन्त्री शाहीले सहमति गरेका छन् भने सचेतक नियुक्त गरिसकेका छन् । तर, कँडेलले भने अविश्वासको प्रस्ताव फिर्ता भइनसकेको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
कोरोना संक्रमणका कारण एकै परिवारका तीनजनाको निधन,तीन जना आइसियु र चार जना आइसोलेसनमा
2 weeks ago

कोरोना संक्रमणका कारण एकै परिवारका तीनजनाको निधन,तीन जना आइसियु र चार जना आइसोलेसनमा

असोज, ३० तनहुँको भिमाद नगरपालिका– ६ का ९८ वर्षीय धर्मकुमार श्रेष्ठ कान्छा छोराको चितवनस्थित घरमा बसिरहेका वेला ११ असोजमा बेहोस…

कर्णालीका मुख्यमन्त्रीसहित असन्तुष्ट सांसदहरुलाई बोलाइयो काठमाडौं
2 weeks ago

कर्णालीका मुख्यमन्त्रीसहित असन्तुष्ट सांसदहरुलाई बोलाइयो काठमाडौं

असोज,२७ मंगलबार बालुवाटारमा दुई अध्यक्षबीच भएको छलफलपछि प्रदेश कमिटीका पदाधिकारी, मुख्यमन्त्री र असन्तुष्ट सांसदहरुलाई काठमाडौं बोलाएको सचिवालयका एक नेताले जानकारी…

Below News 2