Hotline Khabar | News Website यो वर्षको दसैंमा राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले सर्वसाधारणलाई टीका नलगाइदिने – Hotline Khabar
Shivangi

यो वर्षको दसैंमा राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले सर्वसाधारणलाई टीका नलगाइदिने

  • हटलाइन खबर
  • १ कार्तिक, २०७७ मा प्रकाशित

कात्तिक, १ काठमाडौं । यसपालि कोरोना भाइरसको महामारीका कारण पूर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।
पूर्वराजा सहयोगी फणिराज पाठकका अनुसार यस वर्ष कोरोना भाइरसका कारण पूर्वराजा ज्ञानेन्द्रले शालीन र सादगी रुपमा दसैं मनाउने तयारी गरेका छन् । जस अनुसार विजयनदशमीको दिन सर्वसाधारणलाई टीका नलगाउने र अष्टमीको दिन शक्तिपीठमा पनि नजाने निर्णय गरेका छन् ।
पाठकले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मौसुफबाट यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरुमा दर्शन गरिबक्सने कार्यक्रम र विजया दशमीका दिनमा टीका बक्सने कार्यक्रम नहुने व्यहोरा जानकारी गराइन्छ ।’
पाठकका अनुसार यसवर्ष कोरोना भाइरसका कारण पूर्वराजा ज्ञानेन्द्रले शालीन र सादगी रुपमा दसैं मनाउने तयारी गरेका छन् । जस अनुसार विजयदशमीको दिन सर्वसाधारणलाई टीका नलगाउने र अष्टमीको दिन शक्तिपीठमा पनि नजाने निर्णय गरेका छन् ।
त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले पनि कोरोना भाइरसका कारण सर्वसाधारणलाई टीका नलगाउने तयारी शीतलनिवासले जनाएको छ । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले कोरोना भाइरसका कारण राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाउने बारे अन्योल रहेको बताए ।

वर्तमान अवस्थालाई हेर्दा टीका लगाउनु चुनौतीपूर्ण देखिएको छ ।’ राष्ट्रपतिका स्वकीय सचिव अधिकारीले ‘टीकाको केही दिन औपचारिक रुपमा सूचना जारी गरी यसको जानकारी दिने तयारीमा छौं, तर टीका लगाउने सम्भावना कम छ ।’
त्यस्तै, प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने तयारी गरेका छन् । कोरोना भाइरसका कारण सामाजिक दुरी कायम गर्नुपर्ने भएकोले यो वर्ष सर्वसाधारणलाई टीका लगाउने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

अनलाईन खबर

फेसबुकबाट तपाईको प्रतिक्रिया
स्कारपियो दुर्घटना हुँदा ५ को मृत्यु तीन घाइते
2 weeks ago

स्कारपियो दुर्घटना हुँदा ५ को मृत्यु तीन घाइते

कात्तिक, २ भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो शनिबार राति ११ः५५ मा सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको…

बलात्कारको आरोपमा सल्यानमा ७० वर्षीय वृद्ध प्रहरी हिरासतमा
2 weeks ago

बलात्कारको आरोपमा सल्यानमा ७० वर्षीय वृद्ध प्रहरी हिरासतमा

कार्तिक,२ सल्यानमा एक स्थानीय महिलालाई बलात्कार गरेको आरोपमा एक ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानको…

Below News 2