Hotline Khabar | News Website कर्णाली प्रदेशका नेतालाई ओलीले भने–अध्यक्षको निष्कर्ष मान्नुहोस् – Hotline Khabar
Shivangi

कर्णाली प्रदेशका नेतालाई ओलीले भने–अध्यक्षको निष्कर्ष मान्नुहोस्

  • हटलाइन खबर
  • १ कार्तिक, २०७७ मा प्रकाशित

कात्तिक, १ प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशको विवाद समाधानको निष्कर्ष दुई अध्यक्षले निकाल्ने बताएका छन् ।

कर्णाली विद्रोहका विषयमा प्रधानमन्त्री निवासमा चलेको छलफलमा प्रधानमन्त्रीले समस्या सुनेर दुवै अध्यक्षको छलफलबाट निष्कर्ष निकालिने बताएको बालुवाटार स्रोतले जनाएको छ ।

आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि नेकपा संसदीय दलमा बुझाइएको अविश्वास प्रस्तावका विषयमा शनिबार प्रधानमन्त्री निवासमा छलफल भएको थियो।

छलफलमा सहभागी एक नेताले प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै भने, ‘तपाईंहरुको कुरा सुनेँ। अब हामी अध्यक्षद्वय बसेर छलफल गर्छौं र एउटा निष्कर्ष निकाल्छौँ । त्यसलाई तपाईंहरुले मानेर जानुपर्छ।’सहभागीहरुले पार्टी र सरकार राम्रो बनाउनुपर्नेमा जोड दिएको ती नेताले बताए ।

आइतबार अविश्वास प्रस्ताव दर्ता भएपछि नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रक्रिया स्थगित गर्न र तुरुन्त काठमाडौं आउन दुवै पक्षलाई पत्र पठाएका थिए। सोही अनुसार, मुख्यमन्त्री शाहीसहित नेकपा कर्णाली प्रदेश कमिटीका पदाधिकारी काठमाडौं आएका हुन्।

पत्रपत्रिका

फेसबुकबाट तपाईको प्रतिक्रिया
अराजक गतिविधी नगर्न संयाेजक महरकाे निर्देशन
2 weeks ago

अराजक गतिविधी नगर्न संयाेजक महरकाे निर्देशन

अनेरास्ववियूकाे एकता प्रक्रिया भर्खरमात्र जिल्ला तहमा पुगेकाे छ । जिल्ला, स्थानीय तह र क्याम्पस इकाइ स्तरका एकता प्रक्रिया सम्पन्न गर्न…

ओलीद्वारा एकतर्फि मन्त्रिपरिषद पुनर्गठन
2 weeks ago

ओलीद्वारा एकतर्फि मन्त्रिपरिषद पुनर्गठन

असोज, २८  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । पार्टीका नेता विष्णु पौडेललाई…

कर्णालीका मुख्यमन्त्रीसहित असन्तुष्ट सांसदहरुलाई बोलाइयो काठमाडौं
2 weeks ago

कर्णालीका मुख्यमन्त्रीसहित असन्तुष्ट सांसदहरुलाई बोलाइयो काठमाडौं

असोज,२७ मंगलबार बालुवाटारमा दुई अध्यक्षबीच भएको छलफलपछि प्रदेश कमिटीका पदाधिकारी, मुख्यमन्त्री र असन्तुष्ट सांसदहरुलाई काठमाडौं बोलाएको सचिवालयका एक नेताले जानकारी…

Below News 2