Hotline Khabar | News Website स्कारपियो दुर्घटना हुँदा ५ को मृत्यु तीन घाइते – Hotline Khabar
Shivangi

स्कारपियो दुर्घटना हुँदा ५ को मृत्यु तीन घाइते

  • हटलाइन खबर
  • २ कार्तिक, २०७७ मा प्रकाशित

कात्तिक, २ भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो शनिबार राति ११ः५५ मा सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका– १४ भदौरेमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भिर रहेको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्मा दासले जानकारी दिएका छन ।

दुर्घटनामा मृत्यु भएकामध्ये दुई जनाको पहिचान खुलेको छ । दुर्घटनामा परेर ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृतक अन्य तीन जनाको पहिचान हुन बाँकी छ ।

दुर्घटनामा परेर घाइते हुनेहरु ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पवन खड्का रहेका छन् । घाइतेलाई कटारी अस्पताल हुँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
आज १३०४ जना कोरोना संक्रमित थपिए २१ को मृत्यु
10 hours ago

आज १३०४ जना कोरोना संक्रमित थपिए २१ को मृत्यु

  मंसिर,१६ पछिल्लो २४ घण्टामा जम्मा ८ हजार ५ सय८३ पीसीआर परीक्षण हुँदा १ हजार ३ सय ४ जनामा कोरोना…

सभा, जुलुस र प्रदर्शन नगर्न काठमाडौं जिल्ला प्रशासनको आग्रह
11 hours ago

सभा, जुलुस र प्रदर्शन नगर्न काठमाडौं जिल्ला प्रशासनको आग्रह

  मंसिर , १६ जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह…

घट्यो, सुनको भाउ
1 day ago

घट्यो, सुनको भाउ

मंसिर, १५ आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ सोमबार भने ९० हजार रुपैयाँमा…

Below News 2