Hotline Khabar | News Website आज महानवमी पर्व – बलिसहित दुर्गा भवानीको पूजा गरिँदै – Hotline Khabar
Shivangi

आज महानवमी पर्व – बलिसहित दुर्गा भवानीको पूजा गरिँदै

  • रासस
  • ९ कार्तिक, २०७७ मा प्रकाशित

काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ ।

महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर, कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

पशुबलि नदिनेहरुले भने आज आ–आफ्नो कुल परम्परा अनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई मारेको (वध) ले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ । महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।

प्रत्येक वर्ष महानवमीका दिन बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइने गरेकामा यो वर्ष कोरोना भाइरस संक्रमणका कारण नदिइने निर्णय सरोकार भएका निकायको बैठकले गरेको छ । घटस्थापनादेखिको नित्य पूजा र बलिको कार्यक्रम भने भइरहेको दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
बुधबार १ बजे बस्‍ने गरी सकियो नेकपा सचिवालय बैठक
10 hours ago

बुधबार १ बजे बस्‍ने गरी सकियो नेकपा सचिवालय बैठक

  मंसिर,१६ सत्तारुढ नेकपाको सचिवालय बैठक बुधबार पुनःबस्ने गरी सकिएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा दुवै…

आज १३०४ जना कोरोना संक्रमित थपिए २१ को मृत्यु
10 hours ago

आज १३०४ जना कोरोना संक्रमित थपिए २१ को मृत्यु

  मंसिर,१६ पछिल्लो २४ घण्टामा जम्मा ८ हजार ५ सय८३ पीसीआर परीक्षण हुँदा १ हजार ३ सय ४ जनामा कोरोना…

सभा, जुलुस र प्रदर्शन नगर्न काठमाडौं जिल्ला प्रशासनको आग्रह
11 hours ago

सभा, जुलुस र प्रदर्शन नगर्न काठमाडौं जिल्ला प्रशासनको आग्रह

  मंसिर , १६ जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह…

Below News 2