Hotline Khabar | News Website प्रचण्डले पेश गरेको दस्तावेज नै हाम्रो साझा धारणा हो । – Hotline Khabar
Shivangi

प्रचण्डले पेश गरेको दस्तावेज नै हाम्रो साझा धारणा हो ।

  • हटलाईन खबर
  • २९ कार्तिक, २०७७ मा प्रकाशित

कार्तिक २९, काठमाण्डौं
नेकपा भित्रको अन्तरसंघर्ष निकै चर्किएको छ । दुई अध्यक्षको पक्ष र विपक्षमा नेता, कार्यकर्ताहरु सार्वजनिक रुपमा नै आलोचना र टिका टिप्पनीमा उत्रिएका छन् । आज विहानै स्थायी समिति सदस्य तथा लुम्वीनी प्रदेशका मूख्यमन्त्री शंकर पोख्रेलले पार्टी सचीवालयको बैठकमा प्रचण्डले पेस गरेको प्रतिवेदन फिर्ता लिन सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि यूवा नेताहरु रामप्रसाद सापकोटा दिपशिखा र विद्यार्थी नेता तिलक राज भण्डारी ले सार्वजनिक रुपमा नै कडा प्रतिकार गरेका छन । यसरी नै सामाजिक सञ्जालमा दुई अध्यक्षको पक्ष र विपक्षमा विभिन्न टिका टिप्पनीहरु शुरु भएको छ ।

कार्यकारी अध्यक्ष प्रचण्डको तर्फबाट पेश भएको प्रतिवेदनबारे नेकपाका नेता, कायर््कर्ताहरुले विभिन्न धारणा सार्वजनिक गरिरहेको बेला प्रचण्डसहित वरिष्ठ नेताद्धय झलनाथ, खनाल माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले उक्त प्रतिवेदन आफूहरुको साझा भएको धारणा राखेका छन् ।

सचिवालयको बैठकमा आफूहरुको समेत प्रतिनिधित्व गरी अध्यक्ष प्रचण्डबाट राजनीतिक प्रतिवेदन पेश भएको र सो माथि गम्भिरतापूर्वक छलफल हुनुपर्ने उपाध्यक्ष वामदेव गौतमले बताएका थिए ।
त्यस्तैगरी नेता माधवकुमार नेपालले पनि सो प्रस्ताव आफूहरुको संयुक्त भएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चरम व्यक्तिवादी महत्वाकांक्षा र अंकारकारका कारणले पार्टीको आन्तरिक जीवनमा देखा परेको गम्भीर समस्याहरु र त्यसको तत्काल हल खोजिनुपर्ने विषयहरु समेटिएको राजनीतिक प्रतिवेदनले नेकपामा नयाँ तरङ्ग छाएको छ ।
प्रधानमन्धी ओलीनिकट नेताहरुले प्रचण्डको यो एकल प्रस्ताव पार्टी एकताको मर्म विपरीत रहेको भन्दै प्रतिवेदन फिर्ता लिन माग गरिरहेका छन । लामो समयसम्म उदार र लचक देखिएका प्रचण्ड यसपटक भने निकै कठोर रुपमा प्रस्तुत भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
बुधबार १ बजे बस्‍ने गरी सकियो नेकपा सचिवालय बैठक
10 hours ago

बुधबार १ बजे बस्‍ने गरी सकियो नेकपा सचिवालय बैठक

  मंसिर,१६ सत्तारुढ नेकपाको सचिवालय बैठक बुधबार पुनःबस्ने गरी सकिएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा दुवै…

आज १३०४ जना कोरोना संक्रमित थपिए २१ को मृत्यु
10 hours ago

आज १३०४ जना कोरोना संक्रमित थपिए २१ को मृत्यु

  मंसिर,१६ पछिल्लो २४ घण्टामा जम्मा ८ हजार ५ सय८३ पीसीआर परीक्षण हुँदा १ हजार ३ सय ४ जनामा कोरोना…

सभा, जुलुस र प्रदर्शन नगर्न काठमाडौं जिल्ला प्रशासनको आग्रह
12 hours ago

सभा, जुलुस र प्रदर्शन नगर्न काठमाडौं जिल्ला प्रशासनको आग्रह

  मंसिर , १६ जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह…

Below News 2