Hotline Khabar | News Website प्रचण्ड प्रस्तावक नबनेका भए ओली र विद्या प्रधानमन्त्री र राष्ट्रपति हुने थिएनन् – खगेन्द्र संग्रौला – Hotline Khabar
Shivangi

प्रचण्ड प्रस्तावक नबनेका भए ओली र विद्या प्रधानमन्त्री र राष्ट्रपति हुने थिएनन् – खगेन्द्र संग्रौला

  • हटलाईन खबर
  • ३० कार्तिक, २०७७ मा प्रकाशित

कार्तिक ३०, काठमाण्डौं
नेकपाभित्रको संघर्षबारे बुद्धिजीवि तथा लेखकहरु पनि बोल्न थालेका छन् । नेपालमा पहिलो पटक दुईतिहाई नजिकको जनमत सहति सत्ता सञ्चालन गरिरहेको नेकपाको आन्तरिक संघर्षले आम जनता र प्रबुद्ध वर्गलाई समेत प्रभावित पारेको देखिन्छ ।
बुद्धिजीवी तथा बरिष्ठ लेखक खगेन्द्र संग्रौलाले आज विहानै आफ्नो फेसबुक पेजमार्फत नेकपाको आन्तरिक संघर्षबारे संक्षिप्त धारणा सार्वजनिक गरेका छन् ।
फेसबुक पेजमा उनले यस्तो लेखेका छन् । “घनघोर वैचारिक शत्रु ओलीसँग गर्धन जोडेर पुष्पकमल प्रस्तावक नबनेका भए ओली र विद्या प्रधानमन्त्री र राष्ट्रपति हुने थिएनन् । अहिले ती २ प्रस्ताव आफ्नै गर्धनमाथिका २ तरबार साबित भए । सत्तालिप्साका कारण नाकअगाडिको झिँगोभन्दा पर नदेख्ने मनुवाको दुर्गति यस्तो नभए कस्तो होस् त?”

फेसबुकबाट तपाईको प्रतिक्रिया
एउटै विद्यालयका ५१ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि पछि हुम्लामा शैक्षिक संस्थाहरु बन्द
2 weeks ago

एउटै विद्यालयका ५१ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि पछि हुम्लामा शैक्षिक संस्थाहरु बन्द

मंसिर, ४ जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा ५१ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था…

Below News 2