Hotline Khabar | News Website पार्टी एकता संकटमा भनेर गोहीको आँसु चुहाउने नाटक पनि किन गर्नुपर्यो र ?– लेखनाथ न्यौपाने – Hotline Khabar
Shivangi

पार्टी एकता संकटमा भनेर गोहीको आँसु चुहाउने नाटक पनि किन गर्नुपर्यो र ?– लेखनाथ न्यौपाने

  • हटलाईन खबर
  • ३० कार्तिक, २०७७ मा प्रकाशित

कार्तिक ३०, काठमाण्डौं
नेकपाका यूवा नेता लेखनाथ न्यौपाने पार्टीभित्र लिखित प्रस्ताव र बहसबाट किन डराउनु पर्यो भन्दै प्रश्न गरेका छन् । केपी ओली निकट केही नेताहरुले अध्यक्ष प्रचण्डले सचीवालयको बैठकमा पेस गरेको राजनैतिक प्रस्ताव फिर्ता लिनु पर्ने माग राख्दै आएको बेला यूवा नेता लेखनाथ न्यौपानेले यस्तो धारण सार्वजनिक गरेका हुन ।
हेरौं उनको विचार जस्ताको त्यस्तै “विचार, दिशा (उद्देश्य), विधि र संस्कृति सहितको पार्टी बनाउने हो भने वहसबाट, लिखित प्रस्तावबाट र कमिटीका वैठकहरूबाट किन डराउनु पर्यो ? ओली कमरेड र अरूहरूले पनि लिखित प्रस्ताव राख्ने हिम्मत वा वातावरण बनाऔं ।
खुलेर वहस गरौं । आलोचना मात्र होइन, आत्मालोचना समेत गरौं र पार्टीलाई कम्युनिस्ट पार्टी जस्तै बनाऔं । होइन, विचारविहिन अंक गणित र संसदीय खेलको मात्र पार्टी बनाउने उद्देश्य हो भने कम्युनिस्ट पार्टी किन चाहियो ? कम्युनिस्ट पार्टीको झण्डा किन प्रयोग गर्नुपर्यो ? कम्युनिस्ट पार्टीको नाममा जनतासँग मत किन माग्नु पर्यो ? पद, पावर र शासक बन्नका लागि मात्र पार्टी एकता गरिइएको हो भने एकै ठाउँमा पो किन बसिराख्नु पर्यो र ? पार्टी एकता संकटमा भनेर गोहीको आँसु चुहाउने नाटक पनि किन गर्नुपर्यो र ?”

फेसबुकबाट तपाईको प्रतिक्रिया
Below News 2