Hotline Khabar | News Website एउटै विद्यालयका ५१ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि पछि हुम्लामा शैक्षिक संस्थाहरु बन्द – Hotline Khabar
Shivangi

एउटै विद्यालयका ५१ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि पछि हुम्लामा शैक्षिक संस्थाहरु बन्द

  • हटलाईन खबर
  • ४ मंसिर, २०७७ मा प्रकाशित

मंसिर, ४ जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा ५१ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था आजदेखि बन्द गरिएको हो ।
लामो समयको बन्दाबन्दीपछि कात्तिक दोस्रो हप्ताबाट सञ्चालनमा आएका हुम्लाका शैक्षिक संस्थाहरु आजदेखि पुनः बन्द गरिएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मंसिर ४ गतेदेखि जिल्लाका सातवटै स्थानीय तहमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अर्को व्यवस्था नहुँदासम्मका लागि पठनपाठन बन्द गरिएको हो ।
बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले आजदेखि जिल्लाभरका शैक्षिक संस्था बन्द गर्ने, बाहिरी जिल्लाबाट आउनेहरुलाई प्रवेशमा रोक लगाउने, अन्तरपालिका आवतजावतमा समेत कडाइ गर्ने लगायतका निर्णयहरु गरेको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया
प्रचण्ड प्रस्तावक नबनेका भए ओली र विद्या प्रधानमन्त्री र राष्ट्रपति हुने थिएनन् – खगेन्द्र संग्रौला
2 weeks ago

प्रचण्ड प्रस्तावक नबनेका भए ओली र विद्या प्रधानमन्त्री र राष्ट्रपति हुने थिएनन् – खगेन्द्र संग्रौला

कार्तिक ३०, काठमाण्डौं नेकपाभित्रको संघर्षबारे बुद्धिजीवि तथा लेखकहरु पनि बोल्न थालेका छन् । नेपालमा पहिलो पटक दुईतिहाई नजिकको जनमत सहति…

Below News 2