Hotline Khabar | News Website काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै चिसो बढ्दै – Hotline Khabar
Shivangi

काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै चिसो बढ्दै

  • हटलाईन खबर
  • ४ मंसिर, २०७७ मा प्रकाशित

मङ्सिर, ४ काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम पाँच दशमलव ६ डिग्री मापन गरिएको छ

मौसमविद् मीनकुमार अर्यालका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ । “तापक्रम घट्ने क्रममा छ । अब चिसो क्रमशः बढ्दै जान्छ”, दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस भएको छ ।

जल तथा मौसमविज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका धेरै स्थानमा न्यूनतम तापक्रम घट्नाका साथै तराईका भूभागमा बिहान पारदर्शितामा कमी भई सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव ६ डिग्री र अधिकतम तापक्रम २२ दशमलव तीन डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव पाँच डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
बुधबार १ बजे बस्‍ने गरी सकियो नेकपा सचिवालय बैठक
10 hours ago

बुधबार १ बजे बस्‍ने गरी सकियो नेकपा सचिवालय बैठक

  मंसिर,१६ सत्तारुढ नेकपाको सचिवालय बैठक बुधबार पुनःबस्ने गरी सकिएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा दुवै…

आज १३०४ जना कोरोना संक्रमित थपिए २१ को मृत्यु
10 hours ago

आज १३०४ जना कोरोना संक्रमित थपिए २१ को मृत्यु

  मंसिर,१६ पछिल्लो २४ घण्टामा जम्मा ८ हजार ५ सय८३ पीसीआर परीक्षण हुँदा १ हजार ३ सय ४ जनामा कोरोना…

सभा, जुलुस र प्रदर्शन नगर्न काठमाडौं जिल्ला प्रशासनको आग्रह
12 hours ago

सभा, जुलुस र प्रदर्शन नगर्न काठमाडौं जिल्ला प्रशासनको आग्रह

  मंसिर , १६ जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह…

Below News 2