नगरपालिकाले कोरोना संक्रमितलाई पाँच हजार पोषणभत्ता दिने
-
हटलाईन खबर
-
२२ मंसिर, २०७७ मा प्रकाशित
मंसिर,२२ तारकेश्वर नगरपालिकाले कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई रु. पाँच हजार दिने भएको छ ।
नगरपालिकाभित्र कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरूप रकम दिइने भएको हो ।
कोरोना पोजिटिभ देखिएर आइसोलेसनमा बसेका बिरामीलाई प्रत्येक वडा कार्यालयबाट स्वास्थ्य शाखामा समन्वय गराई प्राप्त विवरणका आधारमा रकम वितरण गर्ने व्यवस्था गरिएको सूचना अधिकृत होमनाथ न्यौपानेले बताए ।
हाल नगरपालिकामा कोरोना संक्रमित दुई हजार ८६ रहेकामा आठ सय ६६ महिला र एक हजार दुई सय २० पुरुष छन् ।
निको हुनेको संख्या एक हजार आठ सय २९ रहेको छ ।

कोरोना संक्रमणका कारण सल्यानका तीन विद्यालय एक साताका लागि बन्द
माघ, ११ शिक्षक र विद्यार्थीमा कोरोना भाइरस को संक्रमण देखिएपछि सल्यानका तीनवटा विद्यालय बन्द गरिएको छ । सल्यान जिल्लाको…

मकवानपुरमा एक महिला आफ्नै घरभित्रै मृत फेला श्रीमान पक्राउ
माघ, ५ सोमबार बिहान मकवानपुरको मकवानपुर गढी गाउँपालिका २ भालङटारमा ४६ वर्षीया श्रीमाया गोले आफ्नै घरभित्रै मृत फेला परेकी…

तोलामा ७ सयले घट्यो सुनको भाउ
माघ, ४ शुक्रबार ९२ हजार ५ सयमा करोबार भएको सुनको भाउ आइतबार ९१ हजार ८ सयमा झरेको सुनको मूल्य तोलामा…
फेसबुकबाट तपाईको प्रतिक्रिया