संगठनको हितमा काम नगरेको भन्दै ऐन महरलाई संयोजक पदमा नरहने गरी कार्वाही
-
हटलाईन खबर
-
१० पौष, २०७७ मा प्रकाशित
पुस,१० दुई पाटीको एकतापछि अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) विच एकता २०७६ पौष २७ र २८ गते काठमाडौंमा भएको थियो । उक्त एकता बाट ऐन महर संयोजक र रञ्जित तामाङ सह संयोजक भएका थिए । एकता पछिको वैठकवाट ३३५ सदस्यीय केन्द्रीय कमिटी, ७७ वटै जिल्लाको जिल्ला संयोजक र सह संयोजक सहित नेतृत्वको टुङ्गो समेत लगाइएको थियो ।
आज संगठनका सह संयोजक रञ्जित तामाङ ले प्रेस विज्ञप्ति निकाल्दै संगठनको हितमा काम नगरेको भन्दै संयोजक ऐन महरलाई संयोजक पदमा नरहने गरी कार्वाही गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ ।
संयोजक ऐन महरले संगठनको पारित विधान र प्रतिवेदनका वर्खिलापमा अनेक गुटपरस्त र फुट परस्त गतिविधि गरेको । समाजमा ब्याप्त विकृति ,विसङ्गति र भष्ट्राचार विरुद्ध सम्झौताहिन सङ्घर्ष गर्ने संगठनको परम्परा विपरीत स्वयं तिनको वाहक भएर अनेरास्ववियूलाई मण्डलीकरण गर्न उद्धत भएको।
कोभिड १९ विरुद्धको स्वास्थ्यसामाग्रीमा भएको भष्ट्राचार , यति र ओम्नीको नाममा भएको भ्रष्टाचार , वालुवाटार जग्गामा भएको भष्ट्राचार र सेक्युरिटी प्रिन्टिङ् प्रेसमा भएका भष्टाचारका विरुद्ध सङ्घर्ष गर्नुपर्ने अनेरास्ववियूको दायित्वलाई पुर्ण रुपमा लत्याउदै तिनको ढाल वनेर प्रस्तुत भएको ।
एकातिर वाह्य रुपमा अनेरास्ववियूको छविलाई धुलिसात् गर्ने र अर्कोतिर आन्तरिक रुपमा संगठनको जीवनलाई तहसनहस गर्ने काममा लागेको । एउटा सानो झुण्ड वोकेर संगठनको एकताको मर्म र विधि विधानलाई पुर्ण रुपमा लत्याउंदै एकलौटी रुपमा अराजक गतिविधि र गुटबन्दी गर्नु उनको एकमात्र काम वनिरह्यो ।
फरक मत राख्नेहरुलाई दमन गर्ने, संगठनलाई एकताबद्ध बनाउनुको सट्टा छिद्रहरु खोज्दै फाटो पार्ने , शैक्षिक मुद्धाहरुको सवालमा निजी शिक्षण संस्थाका मालिकाहरुको पक्षमा उभिने, पार्टी भित्र चलेको बहसलाई संगठनमा लगेर अस्वस्थ बनाउने, आफ्नै कार्यकर्ता विरुद्ध गुण्डागर्दी शैलीमा भौतिक आक्रमणमा उत्रने, संगठनलाई आन्दोलनको पक्षमा नभएर सत्ताको भजनमण्डलीको रुपमा बदल्ने जस्ता काममा संयोजक महर उभिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।
उपरोक्त कारणहरुले गर्दा विगतमा पटकपटक सम्झाउंदा पनि रुपान्तरण नभई संगठनको नीति , निर्णय र विधान विपरीतका रवैया निरन्तर जारी राखेकाले अनेरास्ववियूको अन्तरिम विधान २०७६ को धारा ७ वमोजिम संगठनको वहुमतको निर्णय अनुसार ऐन महरलाई संयोजक पदमा नरहने गरी कार्वाही गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोरोना संक्रमणका कारण सल्यानका तीन विद्यालय एक साताका लागि बन्द
माघ, ११ शिक्षक र विद्यार्थीमा कोरोना भाइरस को संक्रमण देखिएपछि सल्यानका तीनवटा विद्यालय बन्द गरिएको छ । सल्यान जिल्लाको…

मकवानपुरमा एक महिला आफ्नै घरभित्रै मृत फेला श्रीमान पक्राउ
माघ, ५ सोमबार बिहान मकवानपुरको मकवानपुर गढी गाउँपालिका २ भालङटारमा ४६ वर्षीया श्रीमाया गोले आफ्नै घरभित्रै मृत फेला परेकी…

तोलामा ७ सयले घट्यो सुनको भाउ
माघ, ४ शुक्रबार ९२ हजार ५ सयमा करोबार भएको सुनको भाउ आइतबार ९१ हजार ८ सयमा झरेको सुनको मूल्य तोलामा…
फेसबुकबाट तपाईको प्रतिक्रिया