प्रदेश १ का मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता
-
हटलाईन खबर
-
१२ पौष, २०७७ मा प्रकाशित
पुस, १२ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभा सचिवालयमा ३७ सांसदको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो रहेका छन । समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी छन् । प्रस्तावमा ३७ जनाको हस्ताक्षर रहे पनि प्रचण्ड–माधव नेपाल समूहका थप सांसदले हस्ताक्षर गर्न छुटेको एक नेताले बताए ।
प्रदेश १ मा ९३ सांसद छन् । तीमध्ये नेकपासँग ६७ सांसद रहेकामा पार्टी विभाजनसँगै दुई गुटमा बाँडिएका छन् । मुख्यमन्त्री राईको पक्षमा २० जना मात्र सांसद रहेका छन् ।

कोरोना संक्रमणका कारण सल्यानका तीन विद्यालय एक साताका लागि बन्द
माघ, ११ शिक्षक र विद्यार्थीमा कोरोना भाइरस को संक्रमण देखिएपछि सल्यानका तीनवटा विद्यालय बन्द गरिएको छ । सल्यान जिल्लाको…

मकवानपुरमा एक महिला आफ्नै घरभित्रै मृत फेला श्रीमान पक्राउ
माघ, ५ सोमबार बिहान मकवानपुरको मकवानपुर गढी गाउँपालिका २ भालङटारमा ४६ वर्षीया श्रीमाया गोले आफ्नै घरभित्रै मृत फेला परेकी…

तोलामा ७ सयले घट्यो सुनको भाउ
माघ, ४ शुक्रबार ९२ हजार ५ सयमा करोबार भएको सुनको भाउ आइतबार ९१ हजार ८ सयमा झरेको सुनको मूल्य तोलामा…
फेसबुकबाट तपाईको प्रतिक्रिया