Hotline Khabar | News Website नेकपा प्रचण्ड माधव समूहद्वारा पुस २० देखि माघ २३ सम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक – Hotline Khabar
Shivangi

नेकपा प्रचण्ड माधव समूहद्वारा पुस २० देखि माघ २३ सम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक

  • हटलाईन खबर
  • १८ पौष, २०७७ मा प्रकाशित

पुस, १८ नेकपा प्रचण्ड – माधव समूहले संसद विघटनको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ प्रचण्ड(माधव समूहको प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले शनिबार पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
घोषित कार्यक्रममा प्रधानमन्त्रीलाई संविधानको पुस्तक दिनेदेखि सबै तहमा प्रदर्शन गर्नेसम्म छन् । २४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने प्रचण्ड माधव समूहले बताएको छ ।
१) पुस २० गतेसम्म पालिका स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम ।
२) पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन ।
३) पुस २१ गते संघीय राजधानी र विभिन्न शहरी केन्द्रहरुमा राजनीतिक पार्टीहरुसँग अन्तरक्रिया ।
४) २३ पुसमा नागरिक समाजसँग अन्तरक्रिया ।
५) २४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने ।
६)   ३६ पुसमा सडक संविधान वाचन व्याख्या कार्यक्रम ।
७)   २७ पुसमा सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १, २८ गते प्रदेश गण्डकी र कर्णाली तथा २९ गते बाग्मतीमा बृहत कार्यकर्ता भेला ।
८)  २८ पुसमा घरघरमा पर्चा वितरण, गाउँटोलमा कालो झण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध सबै वडामा व्यानर राख्ने ।
९)  २९ पुसमा निर्वाचन क्षेत्रस्तरयि कार्यकर्ता भेला ।
१०)  ३० पुसमा सबै वडामा विरोध प्रदर्शन र सभा ।
११) ५ माघमा सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा ।
१२)  १० माघमा राजधानी लगायतका सबै शहरी केन्द्रहरुमा मोटरसाइकल र्‍याली ।
१३)  १६ माघमा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा र १७ गते प्रदेश २ मा विरोध सभा ।
१४)  २२ माघमा वडा तहमा मसाल जुलुस ।
१५)  २३ माघमा राजधानीमा विरोध प्रदर्शन ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया
कोरोना संक्रमणका कारण सल्यानका तीन विद्यालय एक साताका लागि बन्द
4 days ago

कोरोना संक्रमणका कारण सल्यानका तीन विद्यालय एक साताका लागि बन्द

  माघ, ११ शिक्षक र विद्यार्थीमा कोरोना भाइरस को संक्रमण देखिएपछि सल्यानका तीनवटा विद्यालय बन्द गरिएको छ । सल्यान जिल्लाको…

मकवानपुरमा एक महिला आफ्नै घरभित्रै मृत फेला श्रीमान पक्राउ
1 week ago

मकवानपुरमा एक महिला आफ्नै घरभित्रै मृत फेला श्रीमान पक्राउ

  माघ, ५ सोमबार बिहान मकवानपुरको मकवानपुर गढी गाउँपालिका २  भालङटारमा ४६ वर्षीया श्रीमाया गोले आफ्नै घरभित्रै मृत फेला परेकी…

तोलामा ७ सयले घट्यो सुनको भाउ
2 weeks ago

तोलामा ७ सयले घट्यो सुनको भाउ

माघ, ४ शुक्रबार ९२ हजार ५ सयमा करोबार भएको सुनको भाउ आइतबार ९१ हजार ८ सयमा झरेको सुनको मूल्य तोलामा…

Below News 2