Hotline Khabar | News Website संसद विघटनको विरुद्धमा अनेरास्ववियू ले निकाल्यो लालटिन जुलुस – Hotline Khabar
Shivangi

संसद विघटनको विरुद्धमा अनेरास्ववियू ले निकाल्यो लालटिन जुलुस

  • हटलाईन खबर
  • २२ पौष, २०७७ मा प्रकाशित

पुस, २२ नेकपाको प्रचण्ड–नेपाल समूह निकट अनेरास्ववियूले संसद विघटनको विरुद्धमा बुधबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा लालटिन जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ ।
अनेरास्ववियूले संसद विघटनको विरुद्धमा हिजो दोश्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । संगठनले मंगलबारदेखि पुस २९ गतेसम्मका लागि देशव्यापी रुपमा विभिन्न आन्दोलनका कार्यक्रम तय गरेका छ ।
आन्दोलनका घोषित कार्यक्रममा बयलगाढा प्रदर्शन, सडक नाटक प्रदर्शन, मन्त्रीहरुलाई कालो झन्डा देखाउने तथा देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने लगायत का कार्यक्रम रहेका छन् ।
लालटिन जुलुसमा अनेरास्ववियूका सहसंयोजक रञ्‍जित तामाङ्ग, नेताहरु सुरेन्द्र बस्नेत, पंचा सिंह, सुदेश पराजुली, पवन कार्की लगायतका नेता तथा विधार्थी हरुको सहभागिता रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
कोरोना संक्रमणका कारण सल्यानका तीन विद्यालय एक साताका लागि बन्द
4 days ago

कोरोना संक्रमणका कारण सल्यानका तीन विद्यालय एक साताका लागि बन्द

  माघ, ११ शिक्षक र विद्यार्थीमा कोरोना भाइरस को संक्रमण देखिएपछि सल्यानका तीनवटा विद्यालय बन्द गरिएको छ । सल्यान जिल्लाको…

मकवानपुरमा एक महिला आफ्नै घरभित्रै मृत फेला श्रीमान पक्राउ
1 week ago

मकवानपुरमा एक महिला आफ्नै घरभित्रै मृत फेला श्रीमान पक्राउ

  माघ, ५ सोमबार बिहान मकवानपुरको मकवानपुर गढी गाउँपालिका २  भालङटारमा ४६ वर्षीया श्रीमाया गोले आफ्नै घरभित्रै मृत फेला परेकी…

तोलामा ७ सयले घट्यो सुनको भाउ
2 weeks ago

तोलामा ७ सयले घट्यो सुनको भाउ

माघ, ४ शुक्रबार ९२ हजार ५ सयमा करोबार भएको सुनको भाउ आइतबार ९१ हजार ८ सयमा झरेको सुनको मूल्य तोलामा…

Below News 2