जीप दुर्घटना हुँदा २ को मृत्यु, सात घाइते
-
हटलाईन खबर
-
४ माघ, २०७७ मा प्रकाशित
माघ ४, शनिबार साँझ पोखरा–२५ हेमजाबाट पोखराबजारतर्फ आउँदै गरेको बा २ च ७४१० नम्बरको जीप राजमार्गको याम्दीमा सडकबाट अन्दाजी २५ मिटर तल खसी दुर्घटनामा हुँदा दुई जनाको मृत्यु सात जना घाइते भएका छन् ।
दुर्घटनामा परी पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए ।
जीपमा नौ जना सवार रहेकामा घाइतेको हाल सहारा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताए ।

माओवादी केन्द्रको दिउँसो एक बजे स्थायी समिति बैठक बस्दै
फागुन, २५ नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्दै छ । बैठकमा पार्टी…

सर्वोच्चले मागै नभएको विषयमा प्रवेश गरेको छ – माधव कुमार नेपाल
फागुन, २४ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम दावीसहित गरिएको रिटको सुनुवाइ गर्दा सर्वोच्चले एमाले र माओवादी केन्द्र बीच भएको…

दाङको देउखुरीमा मोटरसाइकल र बस ठोक्किँदा दुईजनाको मृत्यु
फागुन, २४ दाङको देउखुरीमा ना ४ख ९०१६ नम्बरको बस र भे११प ३५९७ नम्बरको बुलेट मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको…
फेसबुकबाट तपाईको प्रतिक्रिया