कोरोना संक्रमणका कारण सल्यानका तीन विद्यालय एक साताका लागि बन्द
-
हटलाईन खबर
-
११ माघ, २०७७ मा प्रकाशित
माघ, ११ शिक्षक र विद्यार्थीमा कोरोना भाइरस को संक्रमण देखिएपछि सल्यानका तीनवटा विद्यालय बन्द गरिएको छ ।
सल्यान जिल्लाको बनगाड कुपिन्डे नगरपालिकामा रहेका तीन विद्यालयका शिक्षक र विद्यार्थी गरी १६ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि एक साताका लागि विद्यालयहरु बन्द गरिएको छ ।
नगर प्रमुख गोविन्द पुनका अनुसार बन्द रहेका विद्यालयहरु प्रभाकर माध्यमिक विद्यालय देवस्थल, मुक्ति माध्यमिक विद्यालय हिले पोखरी र गंगा प्राथमिक विद्यालय बन्द गरिएको छ ।
तीनवटा विद्यालयका ४६ जनाको स्वाब संकलन गरी पीसीआर परिक्षण गर्दा शिक्षक र विद्यार्थी गरी १६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
तीनवटै विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना हुनसक्ने सम्भावना देखिएपछि सबैजनाको स्वाव संकलन गरी पीसीआर परीक्षणका लागी सुर्खेत पठाइएको बताईएको छ ।

सर्वोच्चले मागै नभएको विषयमा प्रवेश गरेको छ – माधव कुमार नेपाल
फागुन, २४ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम दावीसहित गरिएको रिटको सुनुवाइ गर्दा सर्वोच्चले एमाले र माओवादी केन्द्र बीच भएको…

दाङको देउखुरीमा मोटरसाइकल र बस ठोक्किँदा दुईजनाको मृत्यु
फागुन, २४ दाङको देउखुरीमा ना ४ख ९०१६ नम्बरको बस र भे११प ३५९७ नम्बरको बुलेट मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको…

अनेरास्ववियूका नेता तिलकराज भण्डारीको जनयुद्धको हस्ताक्षर नामक पुस्तक नेकपाका अध्यक्ष प्रचण्डद्वारा विमोचन हुदै
फाल्गुन, १० अनेरास्ववियूका नेता तिलकराज भण्डारीद्वारा लिखित जनयुद्धको हस्ताक्षर नामक पुस्तक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डद्वारा विमोचन…
फेसबुकबाट तपाईको प्रतिक्रिया